६ जेष्ठ २०८१, आईतवार

 

‘रोटरी क्लव अफ बागलुङ’द्वारा कृषकलाई बिना ब्याज ऋण

रोटरी क्लव अफ बागलुङले बागलुङ नगरपालिका–९ तित्याङका ५ जना किसालाई बिना ब्याज ऋण उपलब्ध गराएको छ । बिहीबार सो स्थानमा पुगेर क्लवले ५ जना किसालाई दुई वर्षमा फिर्ता गर्ने गरी बिना ब्याज २४ हजारका दरले किसानलाई ऋण उपलब्ध गराएको हो ।

रोटरी क्लव अफ बागलुङका अध्यक्ष दयाराम पौडेलका अनुसार किसानलाई प्रोत्साहन स्वरुप बिना ब्याज ऋण उपलब्ध गराइएको हो ।

सोही अवसरमा क्लवले ६ जना कृषकलाई उन्नत जातका ब्राखा दिएको छ । एक वर्षमा बच्चा फिर्ता गर्ने गरी समुदायका ६ जना किसानलाई उन्नत जातको ब्राखा दिएको अध्यक्ष पौडेलले जानकारी दिए ।

कार्यक्रममा बागलुङ नगरपालिका–९ का वडाध्यक्ष गणेश थापाको प्रमुख आतिथ्यता, क्लबका पूर्वअध्यक्ष ओमप्रकाश पौडेल, विना कार्की, आइटीअफिसर अनिता घिमिरे, प्रतिमा श्रेष्ठ, दीपक शर्मा, स्थानीय जगत थापा, टिकाराम थापा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा क्लवका अध्यक्ष दयाराम पौडेलको अध्यक्षता सचिव रामकृष्ण शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्