२७ बैशाख २०८१, बिहीबार

 

गलकोट समाज जापानले टोकियो, नागोया र नागानोमा रक्तदान गर्ने

गलकोट समाज जापान एनपिओ होउजिन ले आफ़नो सामाजिक उत्तरदायित्व अन्तरगत जापानका टोकियो र नागोयामा फेब्रुअरि ८ तारिकका दिन गर्न लागेको वृहत रक्तदान कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।

जापान सरकारको रक्तदान सम्बन्धी नीति नियमको पालना गर्दै रक्तदान जीवन दान हो भन्ने मान्यतालाई आत्मसात गरेर समाजका क्षेत्रीय समिति कान्तो, नागोया र नागानोको स्थानीय ब्यवस्थापनमा स्थानको तय समयको निर्धारण, प्रचारप्रसार, सम्भावित रक्तदाताको सूची तयार लगायतका तयारी भैसकेको समाजका अध्यक्ष यम खत्रीले जानकारी दिए ।

जापानमा कोभिड(१९ कोरोनाले गर्दा रक्तदान कार्यक्रम हरु स्थगन भएको र रगत व्यवस्थापनमा रगतको संकलनको मात्रामा कमि देखिएको र रगतको व्यवस्थापनमा सहयोग गर्न रक्तदाताहरुलाई अनुरोध गरेर बिभिन्न सामाजिक संजालमा 献血ちゃん तस्बिर सार्वजनिक भैरहेका कुरालाई मध्यनजर गर्दै समाजले वृहत रक्तदान कार्यक्रम गरि केहि मात्रामा भएपनि योगदान पुर्याऊन लागिएको समाजका महासचिव नवीन न्युरेले बताए ।

कोरोनाको यस महामारीका बिचपनि समाजले आयोजना गरेको वृहत रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गरिदिनुहुन सम्पूर्ण जापानवासी नेपाली दाजुभाइ दिदीबहिनीहरुमा समाजले अनुरोध समेत गरेको छ ।

आगामी मंगलबार टोकियोको 〒101-0021 Tokyo, Chiyoda City, Sotokanda, 1 Chome−16−9 朝風二号館ビル 5階 मा, नागोयाको 〒460-0008 Aichi, Nagoya, Naka Ward, Sakae, 3 Chome−3−15-33 栄ガスビル9F मा र नागानोको 〒400-0031,Yamanashi-ken,kofu-shi,marunouchi,1chome-16-20,blood donation room grape,Kokoro,biru,2f  मा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म रक्तदान कार्यक्रम हुने भएकोले सो महादान कार्यक्रममा सहभागी भै रक्तदान गरिदिनका लागि समाजकी वरिष्ठ उपाध्यक्ष कालिका थापाले आग्रह गरिन ।

१६ वर्ष पुगेको ७० वर्ष नकाटेको, ट्याटो कम्तिमा १ वर्ष पहिले खोपिएको, कुनै बिरामी परेर पछिल्लो ३ महिना देखि लगातार कुनै औषधि सेवन नगरेको, कुनै बिरामी मानिसबाट रगत लिइ आफ्नो शरिरमा नराखेको, महिलाको हकमा महिनावारीको अवस्थामा औषधि सेवन नगरेको, बाहिरी मुलुकबाट जापान प्रवेश गर्नेहरुको हकमा कम्तिमा ४ हप्ता काटेको र कोरोना संक्रमित भएकाहरुको हकमा पुरा निको भएकोहरूले रक्तदान गर्न सकिने बताईएको छ ।

कसैको ज्यान बचाउन डाक्टर नै बन्नु पर्छ भन्ने छैन वास्तवमै रक्तदाताहरु भगवानका अर्को रुप हुन भन्ने कुरालाई बुझेर रक्तदान कार्यक्रममा सहभागी हुन आग्रह गर्दै गलकोट समाज कान्तो क्षेत्रीय समितिका सचिव दिनेश थापाले भने(तपाईले दान गर्नु भएको १ युनिट रगतले ३ जनाको ज्यान बच्न सक्छ। रगत यस्तो चिज हो न यसलाई अरु कुनै माध्यमबाट बनाउन सकिन्छ न अरु केहि विकल्प छ।

यसको अन्तिम विकल्प नै दान हो ।जापानका ओसाका, सोजुओका फुकुओका लगायतका शहरमा समेत यहि महिना भित्रमा नै रक्तदान कार्यक्रम गरिने पनि अध्यक्ष खत्रीले जानकारी दिए । त्यस क्षेत्रका क्षेत्रीय समितिसँगको आवश्यक परामर्शमा मिति र स्थान तय गरिने पनि खत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्