१ जेष्ठ २०८१, मंगलवार

 

प्रभु बैंकको सिइओमा पुनः अशोक शेरचन

काठमाडौं । प्रभु बैंक लिको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा अशोक शेरचन पुनः नियुक्त भएका छन । बिहीबार बसेको बैंक सञ्चालक समिति बैठकले शेरचनलाई पुनः ४ वर्षका लागि सिइओको नियुक्त गरेको हो ।

शेरचन २०७५ माघ १८ गते प्रभु बैंकको सिइओ नियु्क्त भएका थिए ।प्रभु बैंकले सेञ्चुरी कमर्शियल बैंकलाई मर्ज गरेपछि शेरचन तेस्रो कार्यकालका लागि सिइओ बनेका हुन ।२०७१ भदौ ३० गते तत्कालीन किष्ट बैंक, प्रभु विकास बैंक, गौरीशंकर डेभलपमेन्ट बैंक, जेनिथ फाइनान्स, ग्रान्ड बैंक र नेपाल विकास बैंक मर्ज गरी प्रभु बैंकको नामकरण गरिएको थियो ।उनी प्रभु बैंकको सिइओ बन्दा समस्याग्रस्त प्रभु बैंकमा मर्ज भएको किस्ट र ग्रान्ड बैंकको खराब कर्जा अधिक थियो ।

शेरचनको नेतृत्वमा खराब कर्जाको असुलीमा उल्लेख सुधार भएको थियो । प्रभु बैंकका तत्कालिन सीईओ कुमार लम्सालले बैक छाडेपछि कार्यवाहक सिइओको जिम्मेवारी अशोक शेरचनले सम्हालेका थिए । धेरै वित्तिय संस्थाहरुलाई मर्ज गरी शेचरनले सबल, प्रतिस्पर्धी र सक्षम प्रभु बैंकको निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेका छन् ।

प्रभु फाइनान्स, प्रभु विकास बैंक हुँदै प्रभु बैंकमा स्तरोन्नति भएको बैंकको चुक्ता पुँजी बढेर २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ पुगेको छ ।सेञ्चुरीसँग मर्ज भएपछि प्रभु बैंक ठूलो वाणिज्य बैंकको रुपमा उदाएको छ । यस्तै रिजर्भको आकार बढेर ९ अर्ब रुपैयाँ पुगेको छ भने बैंकको निक्षेप परिचालन बढेर २ खर्ब ७० अर्ब ९२ करोड रुपैयाँ पुगेको छ ।

विसं २०२९ सालमा बागलुङ बजारको राधाकृष्ण टोलमा जन्मिएका शेरचनले विद्यान्दिर माध्यमिक विद्यालय बागलुङबाट एसएलसि उत्तीर्ण गरी शंकरदेव क्याम्पसबाट उच्च शिक्षा हासिल गरेका थिए ।
विसं २०२९ सालमा बागलुङ बजारको राधाकृष्ण टोलमा जन्मिएका शेरचनले विद्यान्दिर माध्यमिक विद्यालय बागलुङबाट एसएलसि उत्तीर्ण गरी शंकरदेव क्याम्पसबाट उच्च शिक्षा हासिल गरेका थिए ।

शेरचनलाई राष्ट्र बैंकका उच्च तहका कर्मचारी गोविन्दबहादुर थापाले उनलाई बैकिंक क्षेत्रमा जान प्रेरित गरेका थिए । नाताले थापा सानिमाका श्रीमान् ९सानाबा० थिए ।उनको प्रेरणाले उनी बैकिंक क्षेत्रमा प्रवेश गरेका थिए । त्यस बेला नेपाल बंगलादेश बैंकमा जागिर खुलेको थियो ।सन १९९५ मा नेपाल बंगलादेश बैंकबाट शेरचनले आफनो बैकिंक यात्रा सुरुवात गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्