होर्डिङ बोर्ड खसेर च्यापिँदा भारतको मुम्बईमा १४ जनाको मृत्यु भएको छ । मुम्बईको घाटकोपरस्थित समता कोलोनी नजिक एक पट्रोल पम्पसँगै राखिएको विशाल होर्डिङ बोर्ड सोमबार अपराह्न वर्षा र तुफानसँगै खसेको थियो ।
समाचार एजेन्सी एएनआईले घटनामा परी १४ जनाको मृत्यु भएको र ७४ जनालाई जीवितै उद्धार गरिएको जनाएको छ ।
७०x५० मिटर ठूलो होर्डिङ बोर्ड पेट्रोल पम्पमाथि खसेको थियो । हुरीबतास र वर्षाका कारण मानिसहरु ओत लागेको समयमा पम्पमाथि होर्डिङ बोर्ड खसेको हो ।
मुख्यमन्त्री एकनाथ सिन्देले घटनास्थलको निरीक्षण गरि मृतकका परिवारलाई तत्काल ५ लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।













































































































































































































