५ जेष्ठ २०८१, शनिबार

 

बडिगाडका स्वास्थ्यकर्मीलाई विधुतीय स्वास्थ्य सूचना रेकर्डिङ र रिपोर्टिङ तालिम

बागलुङ । बडिगाड गाउँपालिकामा स्वास्थ्यकर्मीहरुको लागि विधुतीय स्वास्थ्य सूचना रेकर्डिङ र रिपोर्टिङ प्रणालि सम्बन्धी तालिम संचालन गरिएको छ ।

बडिगाड गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा तथा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश र स्वास्थ्य कार्यालय बागलुङको समन्वयमा तालिम आयोजना गरिएको हो । तालिमको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक खिम बहादुर खड्काले उद्घाटन गर्नु भएको थियो ।

तालिमले ग्राणीम क्षेत्रका नागरिकको सेवामा थप सहजता ल्याउने बताउनु भयो । स्वास्थ्यकर्मीहरुको लागि विधुतीय स्वास्थ्य सूचना रेकर्डिङ र रिपोर्टिङ प्रणालि सम्बन्धी तालिमले सेवाग्राहीहरुले सहज र छिटो सेवा लिन सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनु भयो ।

सो अवसरमा स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख प्रविण शर्मा लगाएतले बोल्नु भएको थियो ।

उद्घाटन कार्यक्रम गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीको अध्यक्षता स्वास्थ्य शाखाका प्रमुख विपेन्द्र केसीको स्वागत र स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक डिल बहादुर केसीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्