२० बैशाख २०८१, बिहीबार

 

बागमती प्रदेशको स्वास्थ्य सचिवमा दीपक तिवारी

काठमाडौं । स्वास्थ्य मन्त्रालय बागमती प्रदेशको सचिवमा दिपक तिवारी नियुक्त भएका छन्। मंगलबार प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सचिवको जिम्मेवारी तिवारीलाई दिएको हो ।

तिवारी यसअघि बागमतीको स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा थिए । तिवारीले २०७० सालमा स्वास्थ्य सेवाको नवौं तहबाट सेवा प्रारम्भ गर्नु भएको थियो । उनले सबैभन्दा पहिले जिल्ला स्वास्थ्य कार्यालय बाराको जनस्वास्थ्य प्रमुखको रुपमा काम गर्नु भएको थियो ।

त्यसै गरी तिवारीले स्वास्थ्य कार्यालय मकवानपुर, बागलुङ र चितवनमा स्वास्थ्य कार्यालयको सफल जनस्वास्थ्य प्रमुखको रुपमा परिचय बनाउनु भएको थियो । तिवारीले २०७८ सालमा बागमती प्रदेशको प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए । यसअघि बद्रि बहादुर खड्का उक्त मन्त्रालयमा सचिव थिए।

खड्काको सरुवा भने बागमतीको मुख्यमन्त्रीको कार्यालय गरिएको छ । तिवारीसहित बागमती प्रदेश सरकारले पाँच जना कर्मचारीलाई ११ औं तहमा बढुवा गरेको छ ।

प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती ऐन २०७९ अनुसार उनीहरूलाई १० औँ तहबाट ११ औँ तहमा बढुवा गरेको हो ।बैठकले स्वास्थ्यतर्फको चार र शिक्षा सेवातर्फका एक गरी पाँच जनालाई ११ औँ तहमा बढुवा गरेको हो

। प्रदेश निजामती कर्मचारी ऐन, २०७९ अनुसार ११ औँ तहका कर्मचारी संघीय सरकारको सहसचिव सरहको र प्रदेश सरकारको सचिव सरहको हुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्