७ जेष्ठ २०८१, सोमबार

 

यस्तो थियो चीनमा माओकालीन औद्योगिक विकास

सन् १९४९ भन्दा पूर्व चीनको आर्थिक अवस्था साह्रै नाजुक थियो । राष्ट्रिय अर्थव्यवस्थामा उद्योगको भूमिका नगन्य थियो । देशका कारखानामा पुरानो र काम नलाग्ने मेशीनहरु थिए । उद्योगको विकास र वितरण असमान खालको थियो ।
माओत्सेतुङले चीनको नेतृत्व सम्हाल्दा देशको कुल आद्यौगिक उत्पादन निर्वाहमूखी थियो ।

चिनियाँ अर्थतन्त्रमा उद्योगको योगदान १.७ प्रतिशत मात्र थियो ।धेरै जसो उद्योग चीनको पूर्वी क्षेत्रमा केन्द्रीत थियो । फलाम, स्पात, मेशीन निर्माण, विद्युत, कपडा, रसायनलगाएतका उद्योगहरु शाडहाए, थ्येनचिन, छिडताओ, शनयाड र आनशान क्षेत्रका केन्द्रीत थियो । देशको विशाल भित्रि इलाकाहरुमा आधुनिक उद्योगको उपस्थिति छदै थिएन ।

चीन स्वतन्त्र भएपछि चीनमा साम्राज्यवादीहरुको सबै आर्थिक र राजनीतिक विशेषाधिकारलाई समाप्त गरिएको थियो । नौकरशाही पूँजीपतिहरुको सबै कारोबारलाई नियन्त्रण लिएर तिनलाई समाजवादी कारोबारमा परिवर्तन गरिएको थियो ।सन् १९५० मा माओ त्से तुडले सोभियत संघको भ्रमण गरेर सोभियत संघसँग व्यापार र वाणिज्य सन्धि गरेका थिए ।

त्यसको लागि माओले दुई महिना स्टालिनसँग छलफल , अन्तरक्रिया र बहस गरे । त्यो बहस आपसी सहयोग संम्बन्धमा ,चिनियाँ पूर्वी रेलवे र संयुक्त पुँजी लगानीमा उद्योगहरु स्थापना गर्ने विषयमा केन्द्रीत थियो ।सोभियत संघसँग चीनको सन्धि १४ फेब्रअरी १९५० मा भएको थियो ।

त्यसै गरी २७ मार्चमा चीनको सिडकियाडमा संयुक्त लगानीमा तेल उत्पादनका लागि सम्झौता भएको थियो ।स्टालिनले चीनलाई शुरुमा त्यति महत्व दिएका थिएन । चीन अरु पूर्वी यूरोपको कम्युनिष्ट मुलुक जस्तो होइन भनेर कोरिया युद्धको बेला मात्र बुझे ।

चीनमा शुरुमा राज्य र निजी सहकार्यमा उद्योगको स्थापनालाई प्राथमिकता दिइयो । सन् १९५६ सम्म चीनको कृषि, घरेलु उद्योग, पूँजीवादी उद्योगलाई सामूहिक, सावर्जनिक र समाजवादीकरण गरि सकिएको थियो ।

उत्पादन सम्बन्धमा आएको यो परिवर्तनले सामाजिक उत्पादन शक्तिको विकासमा उत्साह जनक रुपमा प्रगति भयो । चीनमा लोक गणराज्यको स्थापना भएपछि देशको जर्जर राष्ट्रिय अर्थ व्यवस्थालाई ठिक ठाउँमा ल्याउँन तीन वर्ष लाग्यो । सन् १९५२ को अन्तसम्म सबै खाले उद्योगको कुल उत्पादनको मूल्य वृद्धि उच्चतम स्तरबाट २३ प्रतिशतले अगाडि बढ्यो ।

सन् १९५३ मा माओत्सेतुङको नेतृत्वमा राष्ट्रिय अर्थतन्त्रको विकास र राष्ट्रिय पूँजीको निर्माणको लागि पहिलो पचवर्षिय योजना शुरु भएको थियो । त्यसपछि चीनको आर्थिक विकास योजनावद्ध योजना र जनसहभागिता विकासको अवधारणा लागू भएपछि आर्थिक क्षेत्रमा मात्र होइन ग्रामीण विकास, यातायात, कृषि, शिक्षा, संचार, स्वास्थ्य, रेल लागएतको धेरै क्षेत्रमा आधारभुत जग बसाउँने काम भयो ।

चीनमा योजनावद्ध विकासपछि आद्यौगिक र कृषि उत्पादनको पारस्परिक अनुपातमा पनि उल्लेखनीय परिवर्तन भयो । ठूलो मेहनत र कठोर परिश्रमको जगमा चीनमा सर्वागीण औद्योगिक प्रणाली स्थापना गर्न सम्भव हुन गयो ।

सन् १९४९ मा राष्ट्रिय उत्पादनमा उद्योगको योगदान ३० प्रतिशत थियो जुन बढेर १९७८ सम्म ७४ प्रतिशत पुगेको थियो । सामन्तवादको उन्मूलनको लागि व्यापक रुपमा भूमि सुधार लागू गरिएको थियो । जमिन्दार र अति धनी किसानसँग भएका भूमि सरकारले नियन्त्रणमा लिएर ७० करोड भूमिहीन किसानलाई बाढिएको थियो । यस अभियानपछि कृषि उत्पादनमा वृद्धि थियो ।

प्रत्येक कृषक परिवारको निजी इकाइलाई भत्काएर चीनको कम्युनिष्ट सरकार कम्युनमा आधारित कृषि समाजवादी व्यवस्थाको तयारी गरि रहेको थियो ।जुन गाउँ र शहरमा लागू गर्न कृषि सहकारी समितिको स्थापना सन् १९५३ को चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले अनुमोदन गरेको थियो ।

सन् १९५८ सम्म थाएवान प्रान्तलाई छोडेर चीनमा ५२००० भन्दा धेरै जन कम्युनहरु थियो जुन श्रमजीवि जनताको सामूहिक सम्पत्ति थियो ।

उत्पादन वृद्धि र समाजवादको चरित्र कायम गर्न र मजदूर किसानको जीवनमा परिवर्तन ल्याउँन चिनियाँ कम्युनिष्ट पार्टिले सन् १९५८ मा ग्रामीण इलाकाहरुमा जन कम्युन स्थापनाको प्रस्ताव स्वीकार गरेको थियो । त्यहि वर्ष पार्टिले जन कम्युनसँग सम्बन्धित केही प्रश्नहरु बारेको प्रस्ताव पारित गरेको थियो ।

ग्रामीण जनसंख्याको हिसाबले चीनमा कृषि भूमिको ८० प्रतिशत हिस्सा जमिन्दार र शक्तिशाली वर्गसँग थियो । केवल १० प्रतिशत किसानसँग मात्र जग्गा थियो जोत्नको लागि ।

क्रान्तिको आधारभूत किसान वर्गको समस्या हल गर्न चिनियाँ सरकारले कृषि उपज राम्रो हुने जग्गा भूमिहीन किसान र निम्न मध्यम वर्गिय किसानलाई दिन थालियो जस्को उत्पादन औद्यागिक क्षेत्रमा काम लाग्यो । सरकारले कृषि र उद्योगलाई सँगै सहकार्य गरेर अगाडि बढाउँने लक्ष्य राखेको थियो ।

हनान, शेनशी प्रान्तहरुमा जहाँ किसान र अल्पसंख्यकहरुको बाहुल्य थियो ती प्रान्तहरुमा र छिडहाए, निडश्या, कानसू , शिनच्याड, युननान, क्वाडशी, मंगोलिया र तिब्बत क्षेत्रमा उद्योगको उपस्थिति नगन्य थियो ।

सन् १९४९ मा चीनमा स्पातको उत्पादन १ लाख ५८ हजार टन थियो । यो बढेर सन् १९८० सम्म ३ करोड ७१ लाख पुगेको थियो । फलामको उत्पादन ३ करोड ८० लाख पुगको थियो । चीनको उद्योग कोयलाको उर्जामा निर्भर थियो । चीनमा सन् १९७८ सम्म कोयलाको उत्पादन ६० करोड टन थियो ।

माओत्सेतुङले सोभियत संघको नक्कल गर्न खोज्दा कतिपय गल्ती भएको स्वीकारेका छन् । आम कार्य दिशाको बारेमा पनि धेरै बहस भएको थियो । माओ भन्ने गथ्र्ये ‘लेनिन निकै चाँडो बित्नु भयो । उहाँले यस्तो कुराको सामना गर्नु परेन ।

स्टालिनसँग पनि पूर्ण विकसित पद्धति थिएन । हामीले सोभियत संघसँग सिक्ने कुरा धेरै छैनन् ।

रणनीतिक सवालमा हामीले उहाँहरुबाट आधा सिक्यौं, आधा छोड्यौं । उहाँहरुको रणनीति र जनतासँगको सम्बन्धको बारेमा समस्या छ । हामीले सोभियत संघसँग सिकेको भनेको सामुद्रिक तथा हवाई फौजी शक्तिको उपयोग र तिनिहरुको संयोजन हो ।’

माओ शासन कालमा मजदूर , किसान र निम्न आय भएका वर्गको ज्यालामा निकै वृद्धि भएको थियो ।विपन्न गरिब जनताको जिवन स्तरमा सुधार हुँदै थियो ।चीनको विकासको लागि पश्चिमी ज्ञान र सीपलाई नक्कल हैन देशको विशेषता अनुसार आत्मसाथ गर्नु पर्ने विचार थियो माओको ।

बुर्जुवा बुद्धिजीविसंग तुलनात्मक रुपमा बढी भएको ज्ञान र सीपलाई समाजवादको हितमा प्रयोग गर्ने र बुर्जुवा बुद्धिजीविहरुलाई पुन शिक्षित बनाउँनु पर्ने सरकारी नीति थियो ।

चीनलाई पश्चिमीकरण गर्न नहुने अडानमा माओ प्रष्ट थिए ।उनको ध्यान राष्ट्रिय रुप र शैलीको विशेषता बोकेको कला ,साहित्य ,दर्शनदेखि चिनियाँ मौलिक चरित्र बोकेको सामानमा थियो ।यो नै चीन निर्माण र विकासको एक मात्र सुत्र भएको बुझाई थियो तत्कालीन नेतृत्वमा ।

कम्युनका कार्यकताहरुलाई, किसान, मजदूर र आधारभूत वर्गलाई राजनैतिक अर्थशास्त्रको ज्ञान व्यवहारीक उदाहरण दिएर बुझाउँने कार्यक्रम लागु गरेको थियो चिनियाँ कम्युनिष्ट पार्टिले ।सन् १९५६ देखि पार्टि ,सरकार ,मार्चा र हरेक क्षेत्रमा फैलिएको नवसंशोधनवाद र नोकरशाही र सुविधाभोगीहरुको विरुद्ध पार्टिले सर्वहारा साँस्कुतिक आन्दोलनको शुरुवात गर्यो ।

त्यस बेला राजनैतिक अर्थशास्त्रको मूलभूत सिद्धान्त शाडघाई पाठ्यपुस्तक देशभरी नवीन विचारलाई अगाडि बढाउँन र समाजवादी अर्थतन्त्रलाई रक्षा गर्न ल्याइएको थियो ।

पुरानो विचार,चिन्तन र संस्कारको विरुद्ध समाजवादी चरित्रको नयाँ साँस्कतिक कार्यक्रम र आर्थिक विचारले विश्वलाई चीन तिर आकर्षित गरेको थियो ।

त्यस बेला प्रकाशित राजनीतिक अर्थशास्त्रको मूलभूत सिद्धान्तको पुस्तकहरु र माओ त्से तुडको रचनाको पछिल्लो पुस्तकहरु सन् १९७६ पछि देड स्याओपिडको नेतृत्वको चिनियाँ सरकारले प्रतिबन्ध लगाएको थियो ।

संक्रमणकालीन समाजवादी समाजमा वर्ग ,वर्ग संघर्ष ,वर्ग संम्बन्ध र पूँजीवादी पुनस्थापना रोक्ने विषयमा ठुलो सैद्धान्तिक महा विवाद भएको थियो ।

समाजवादको आर्थिक नियमको स्थिति , अर्थशास्त्र र राजनीतिको बिचको संम्बन्ध र उत्पादन शक्ति र उत्पादन संम्बन्धको बिचको अन्तरविरोधलाई कसरी हल गर्न सकिन्छ भन्नेमा विषय केन्द्रीत थियो ।

जून १९७१ मा चीनको आर्थिक ,राजनैतिक र विचारधारात्मक प्रश्नहरुलाई कसरी समाधान गर्ने विषयमा राजनीतिक अर्थशास्त्रको पुस्तकको तयारीको लागि अनुसन्धानको काम शुरु भएको थियो ।सन १९७२ देखि १९७६ सम्म चार वटा राजनीतिक अर्थशास्त्रको मूलभूत सिद्धान्तको पुस्तक प्रकाशनमा आएको थियो ।

सर्वहारा साँस्कृतिक आन्दोलनको बेला चीनमा युवा स्व-शिक्षाको कार्यक्रम लागु भएको थियो । त्यस बेला गाउँ र शहरका धेरै विद्यालय संचालनमा आएको थियो । त्यस स्व-शिक्षा कार्यक्रमा दर्शनशास्त्र ,राजनीतिक अर्थशास्त्रको मूलभूत सिद्धान्त, सामाजिक विज्ञान , प्राकृतिक विज्ञान र लू शु्नको रचनाहरुको पनि अध्ययन गराइन्थ्यो ।

समाजवादको राजनैतिक अर्थशास्त्र पुस्तक कहिल्यै प्रकाशनमा आउँन सकेन । सन् १९७६ मा चीनमा सत्ता परिवर्तनपछि यस पुस्तकलाई प्रकाशनको बेला प्रेसबाटै नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्