७ जेष्ठ २०८१, सोमबार

 

सन्दर्भ माओ जयन्ती : स्टालिन चीनमा क्रान्ति रोक्न चाहन्थे

अहिले दश बजेको छ । बैठक चलिरहेको छ । केन्द्रीय समितिको पुर्ण बैठकले केही महत्वपुर्ण समस्याहरु समाधान गरेको छ ।

एउटा कृषिसम्बन्धी समस्या र अर्को वाणिज्य सम्बन्धी समस्याहरु । यी दुवै गरेको छ। एउटा कृषिसम्बन्धी समस्या र अर्को वाणिज्य सम्बन्धी समस्या । यी दुवै महत्वपुर्ण समस्याहरु हुन् ।

उद्योग र योजना सम्बन्धी समस्याहर पनि छन् तर ती दोस्रो श्रेणीका समस्या हुन् । तेस्रो समस्या भनेको पार्टीभित्रको एकताको समस्या हो । थुप्रै कमरेडहरुले बोलि सक्नु भएको छ ।

कृषि समस्याको बारेमा कमरेड चेन पाटाले , वाणिज्यसम्बन्धी समस्याको बारेमा कमरेड लि सिएन निएनले , उद्योग र वाणिज्यसमबन्धी समस्याका बारेमा कमरेड लि फुचुन कमरेड बोल्नुभएको छ । यसका साथै अनुगमन समितिका सदस्यहरु वृद्धि गर्ने र कार्यकर्ताहरुलाई अदली बदली गर्ने समस्या पनि छन् ।

यो भेलाको ढोका आज नभई दुई महिनाअघि खुलेको हो । पेइताइहोमा एक महिना चलिसकेपछि पेकिङसम्म आइपुग्दा यसले अरु एक महिना लियो ।

स–सना समुह बनाएर अगस्ट र सेप्टम्बरमा व्यवहारिक समस्याका बारेमा छलफल गरियो र समस्याहरु चिनियो, जसमा तपाईहरु सबै सहभागी हुनुहुन्थ्यो । वास्तवमा त्यो ठुलो समुह नै थियो ।

त्यसैले यो पुर्ण सेसनले त्यति धेरै समय लिने छैन, तीनदेखि पाँच दिन भए काफी हुनेछ । २७ तारिखसम्म यो बैठक सकिएन भने २८ तारिखसम्म लम्ब्याऔ तर त्यो दिन बैठक सक्नैपर्छ ।

पेइताइहोमा मैले तीनवटा समस्याहरु औल्याएँ वर्ग, परिस्थिति र अन्तर्विरोध । मैले त्यहाँ वर्गीय समस्याको बारेमा कुरा उठाँए । किनभने यो समस्या समाधन हुन सकेको छैन ।

आन्तरिक परिस्थितिलाई थाती राखेर अन्तराष्ट्रिय परिस्थितिलाई हेर्ने हो भने साम्राज्यवाद , राष्ट्रवाद र संशोधनवादलाई देख्न सकिन्छ । म यतिखेर ती पुँजीवादी देशहरुको कुरा गरिरहेको छु, जहाँ वार्गीय समस्या ज्यूँका त्यूँ छन् ।

त्यस्तै साम्राज्यवादका विरुद्धमा पनि हामी उभिनुपर्छ । तर हामीले राष्ट्रिय मुक्तिआन्दोलनलाई भने समर्थन गर्नैपर्छ । त्यसो भन्नुको अर्थ हो, हामीले एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका मजदुर, किसान , क्रान्तिकारी राष्ट्रिय बुर्जुवा र क्रान्तिकारी बुद्धिजीवीहरुसहित व्यापक जनतालाई एकगठ गर्नुपर्छ ।

हामी धेरैभन्दा धेरै जनतासँग एक हुन चाहन्छौ । तर उनीहरुले न त नेहरुजस्ता प्रतिक्रियावादी राष्ट्रिय बर्जुवा , न त अरु सात आठ जनासहित जापानका ढोँगी कम्युनिस्ट सोजिरो कसुगा जस्ता प्रतिक्रियावादी बुर्जुवा बुद्धिजीवीहरु जो बोक्रे सुधारको समर्थन गर्छन् त्यस्ताहरुलाई समेट्नु हुँदैन ।

के अहिले पनि समाजवादी देशहरुमा वर्गहरु बाँकी छन् , वर्गसङ्घर्ष चालु छ रु हामी निश्चित गर्न सक्छौ कि समाजवादी देशहरुमा वर्गहरु हुन्छन् र नि सन्देह वर्गसङ्र्ष पनि चल्छ ।

लेनिनले भन्नुभएको छ, क्रान्तिले जीतबाजी हासिल गरे पनि अन्तराष्ट्रिय रुपमा बुर्जुवाहरुको अस्तित्व रहने हुनाले आन्तरिक रुपमा बुर्जुवाहरु बचेखुचेका हुने हुनाले, निम्न बुर्जुवाहरु बाँकी रहने हुनाले र बुर्जुवहरु सुक्रियतापुर्वक लागिरहने हुनाले ती वर्गहरु जसलाई मिल्काइएको छ , त्यस्ताहरु लामो समयसम्म बाँकी रहन्छन् र सत्तामा पुन स्थापित हुने पयत्न गर्छन् ।

बेलायत फ्रान्सजस्ता युरोपेली मुलुकहरुमा भएका बुर्जुवा क्रान्तिहरुले थुप्रै उतार चढावहरु खेपेको छ । सामन्तवादलाई मिल्काइए पनि थुप्रैपटक ती पुन स्थापित भए, उनीहरुले पासा पल्टाए।

यसरी पासा पल्टाउने कुरा समाजवादी मुलुकहरुमा पनि सम्भव छ । त्यसको प्रत्यक्ष उदाहरणको रुपमा युगोस्लाभियालाई लिन सकिन्छ , जसले आफ्नो रङ्ग बदलेर संशोधनवादी बन्न पुग्यो, मजदुर किसानहरुको देश प्रतिक्रियावादी राष्ट्रवादी तत्वहरुको हातमा पुग्यो ।

हाम्रो देशको सन्दर्भमा पनि हामीले यो समस्यालाई मिहिन पाराले चिन्ने, बुझ्ने र अध्ययन गर्नुपर्छ। लामो समयसम्म वर्ग कायम रहन्छ र प्रतिक्रियावादी वर्ग पुन स्थापित हुने सम्भावना रहन्छ भन्ने कुरा हामीले मनन गर्नैपर्छ ।

हामीले हाम्रा सावधानीको मात्रा बढाउनैपर्छ र कार्यकर्तासँगसँगै युवा,जनसमुह र मध्यम तथा भुइँ तहका कार्यकर्ताहरुलाई सहीपाराले प्रशिक्षित गर्नैपर्छ । पुराना कार्यकर्ताहरुले पनि यस किसिमको समस्याको अध्ययन गर्ने तथा शिक्षित बन्दै जाने गर्नुपर्छ ।

नत्र हाम्रोजस्तो मुलुक उल्टो दिशातर्फ धकेलिन सक्छ । उल्टो दिशातिर बढ्नु पनि अचाक्लीचाहि होइन किनभने त्यहाँ निषेधको निषेध त अझै पनि बाँकी रहन्छ र त्यसपछि फेरि हामी त्यस उल्टो दिशाको उल्टोतर्फ मोडिन्छौ ।

यदि हाम्रा छोराछोरी पुस्ता संशोधनवादमा लागे र उल्तोतर्फ मोडिए भने त्यो नाम मात्रको समाजवाद हुनेछ, त्यसको गुदी कुरा चाहिँ पुँजीवादी खालको हुनेछ, त्यसका विरुद्ध हाम्रा नाति नातिना पुस्ताले विद्रोह गरेर उनीहरुलाई मिल्काइदिनेछन् किनभने त्यतिबेला जनता असन्तुष्ट भइसकेका हुनेछन् ।

त्यसै भएकाले आजैदेखि हामीले यो कुरा प्रत्येक वर्ष, प्रत्येक महिना, प्रत्येक दिन गर्दै जानुपर्छ ।

यसका विषमा हामीले सम्मेलन , पार्टीका प्रतिनिधिहरुको भेला, प्लेनमहरु र हरेक बैठकहरुमा चर्चा ग¥र्यौभने यस्ता समस्याबारे हाम्रो नीति बढीभन्दा बढी माक्र्सवादी लेलिनवादी लाइन अनुसारको हुन्छ ।

हाम्रो मुलुकको विगत केही वर्षपहिलेको स्थिति त्यति राम्रो थिएन , तर अहिले परिस्थितिले कोल्टे फेर्न थालेको छ । सन् १९५९ र १९६० मा धेरै कुराहरु गलत ढङ्गले गरिए ।

यसको मुख्य कारण अनुभवको अभाव र मानिसहरुलाई समस्याको पहिचान गराउन नसक्नु नै थियो । हाम्रो सबभन्दा ठुलो गल्ती भनेको हामीसँग भएको भन्दा बढी फुर्तिफार्ती गर्नु ।

हामीसँग पर्याप्त मात्रामा अन्न नहुँदा पनि जबर्जस्ती छ भनेर आश्वासन दियौँ । अन्धाधुन काम गर्ने कमरेडहरु उद्योग र कृषि क्षेत्रमा खटाइएका थिए। त्यस्तै अरु ठुला कमजोरीहरु पनि भएका छन् ।

सन् १९६० को आधाउधीपछि हामीले यसलाई ठीक ठाँउमा ल्याउन सुरु ग¥यौ । वास्तवमा त्यो कुरा हामीले अलिक अघिदेखि नै थालेका थियौँ । त्यसको सुरुवात अक्टाबर , १९५८ मा पहिले चेङचोउ सम्मेलनबाट सुरु गरेका हौं ।

लगतै त्यही साल नोभेम्बर र डिसेम्बरमा उहानमा अर्को सम्मलन गर्यौ । सन् १९५९ को फ्रेबुअरी र मार्चमा आएर दोस्रो चेङचोउ सम्मेलन ग¥यौ । अप्रिलमा भएको साङ्घाइ सम्मेलनमा हाम्रा गल्तीहरु सच्याउन ध्यान केन्द्रित ग¥यौँ ।

तर सन् १९६० मा हामीले संशोधनवादीहरुको उदय र दबाबका कारण ध्यान दिनुपर्ने धेरै ठाँउहरुमा ध्यान पु¥याउन सकेनौ। हाम्रो ध्यान खुस्चेभको विरुद्धमा केन्द्रिय थियो ।

उनले सन् १९५८ को मध्यतिर चिनियाँ समुद्रीतटमा बन्देज लगाए । उनी संयुक्त नौसेना तैनाथ गरेर हाम्रो समुद्रीतटमा नियन्त्रण गर्न र हामीलाई थुनछेक गर्न चाहन्थे ।

त्यही कुराका कारणले उनी चीन आए । त्यसपछि सेप्टेम्बर १९५९ मा चीन भारत सीमा लफडामा उनले हामीमाथि आक्रमण गर्ने नेहरुको समर्थन गरे ।

तास मार्फत अधिकारीक प्रतिक्रिया नै सार्वजनिक गरे । पछि उनी चीन आएर अक्टोबरमा भएको हाम्रो दशौँ वर्षगाँठमा हाम्रै मञ्चबाट हामीलाई आक्रमणगरे ।

सन् १९६० मा भएको बुचारेस्ट सम्मेलनमा हामीलाई घेराबन्धीमा पारेर सखाप पार्ने दाउ कसे । त्यसपछि कमिटी , ८१ राष्ट्र सहभागी मस्को सम्मेलन र वार्सा सम्मेलनजस्ता सबै सम्मेलनहरु माक्र्सवाद लेनिनवाद र संशोधनवादीबीचको अन्तरसङ्घर्षमा केन्द्रित थिए ।

सन् १९६० को वर्षभरि खुस्चेभका विरुद्ध लड्दैमा बित्यो । समाजवादी देशहरु र माक्र्सवादी लेलिनवादभित्र यस्ता समस्याहरु देखापर्छन् । तर यसको जरो भने विगतसम्म फैलिएको छ , धेरे पहिला घटेका घटनासम्म फैलिएको हुन्छ ।

स्तालिन चीनमा क्रान्तिमा रोक्न चाहन्थे । उनको भनाइ थियो कि हामीले गृहयुद्ध गर्नु हुदैँन , च्याङ काइ सेकसँग सहकार्य गर्नुपर्छ अन्यथा चीन डुब्छ । तर हामीले उनको कुरा सुनेनौ ।

क्रान्ति सम्पन्न भएरै छाड्यो । क्रान्तिपछि उनले चीनलाई युगोस्लाभियाको हाराहारीमा राख्न खोजे र मलाई दोस्रो मार्सल टिटोको रुपमा ।

पछि जब म चीन सोभियत गठबन्धन र पारस्परिक सहयोग सन्धि गर्न मस्को पुगँे , त्यँहा पनि अर्को सङघर्ष गर्नु प¥यो । उनी सन्धिमा हस्ताक्षर गर्न इच्छुक थिएनन् ।

दुई महिना लामो संवादपछि उनी हस्ताक्षर गर्न राजी भए । उसो भए कहिलेदेखि उनले हामीमाथि विश्वास गर्न थाले रु अमेरिकासँगको प्रतिरोध र कोरियालाई सहयोग गर्न उत्रिएपछिको सन् १९५० को हिउँदपछि ।

त्यसपछि उनले हामी टिटो र युगोस्लाभियाजस्तो होइनौ भन्ने विश्वास गरे । तर हामी अहिले वामपन्थी अवसरवादी राष्ट्रवादी जडसुत्रवादी मनोगतवादी ठह¥याइएका छौ।

तर आजभोलि ठीकठीक छ, उसले राम्रै गर्दै छ । म सुन्दै छु, ऊ फेरि समाजवादी बन्दैछ रे । त्यसैले समाजवादी कित्ता आन्तरिक रुपमा धेरै नै जटिल बनेकोछ । वास्तवमा भन्ने हो भने यो कुरा सरल पनि छ ।

यहाँ एउटा मात्र सिद्धान्त लागु हुन्छ त्यो हो वर्गसङघर्षको समस्या अर्थात बुर्जुवा र सर्वहारावर्गबीचको सङघर्ष समस्या, माक्र्सवाद, लेनिनवादर माक्र्सवाद लेनिनवादविरोधीहरु बीचको सङघर्षको समस्या र माक्र्सवाद लेनिनवाद र संशोधनवादीहरुको सङघर्षको समस्या ।

माओको दुर्लभ रचनाहरु पुस्तकबाट

प्रतिक्रिया दिनुहोस्