१९ बैशाख २०८१, बुधबार

 

नारायणस्थानमा भएको निःशुल्क स्वास्थ्य शिविरमा २२ सय ९६ जनाले सेवा लिए

बागलुङ । गण्डकी प्रदेश सांसद कार्यालय बागलुङ १ (ख) को संयोजन, बागलुङ नगरपालिका १४ वडा कार्यालय नारायणस्थानको आयोजना, नारायणस्थान सामाजिक सेवा प्रतिष्ठान बागलुङ, लायन्स क्लब अफ बागलुङ भैरव र लायन्स क्लब अफ बागलुङ गाजा हिलको सहआयोजनामा बागलुङ नगरपालिका वडा न- १४ नारायणस्थानमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा २२ सय ९६ जनाले सेवा लिएका छन् ।

बागलुङ नगरपालिका कार्यालयको स्वास्थ्य शाखा, स्वास्थ्य कार्यालय बागलुङको समन्वयमा र काठमाडौं मेडिकल कलेज काठमाडौंको प्राविधिक सहयोगमा सम्पन्न स्वास्थ्य शिविरमा धेरै ग्रामीण भेगका नागरिकहरुले सेवा लिएको वडा अध्यक्ष चक्रबहादुर खत्रीले जानकारी दिनु भयो ।

साथै नियमित औषधी सेवन गरी रहेका र जटिल खालको रोग लागेका विरामीहरुले समेत स्वास्थ्य उपचार गराएका थिए ।शिविरमा हाड जोर्नि तथा नशा, छाला तथा यौन रोग, मुटु, स्त्री तथा प्रसुती सेवा, नाक, कान, घाँटी रोग , मानसिक रोग, आँखा, दत्त, बाल रोग, जनरल मेडिसिन सेवा तथा शल्यक्रिया सेवा प्रदान गरिएको थियो ।

साथै शिविरमा सुगर, भिडियो एक्सरे, मुटुको इको र औषधी सेवा प्रदान गरिएको छ । स्वास्थ्य शिविरमा नेपाली काँग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माको नेतृत्वमा काठमाण्डौं मेडिकल कलेजका विशेषज्ञ चिकित्सकहरुको टोलिले उपचार गरेका छन्।

शिविरमा आएका ९५ जना जटिल रोगका विरामीको काठमाण्डौं मेडिकल कलेजले सुपथ मूल्यमा उपचार गर दिने भएको छ । शिविरबाट धेरै विपन्न नागरिक जो स्वास्थ्य सेवाबाट बन्चित भएका थिए उनीहरुले धेरै सेवा लिएका छन् ।

शिविरमा हाड जोर्नि, नशा, मुटु, छाला, स्त्री तथा प्रसुती सेवा, नाक,कान, घाँट, दत्त, बाल रोग संम्बन्धी विरामीहरुको बाहुल्यता रहेको थियो। ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहुँच अझै विस्तार हुन नसक्दा विभिन्न रोगको समस्या जटिल रहेकाले नारायणस्थानमा शिविर सञ्चालन गरेको प्रदेश सांसद डिल्ली राम सुवेदीले नयाँ विश्वलाई बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्