४ असार २०८१, सोमबार

 

घरमै पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण

बागलुङ । बाग्लुङ नगरपालिका वडा नम्वर २ ले आफ्ना वडाभित्रका जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण सुरु गरेको छ।

वडाले घरमै पुगेर स्वास्थ्य सेवा दिने उदेश्यले वडामा रहेका ६० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण सेवा दिन थालेको हो । जेष्ठ नागरिकहरूको सुगर र उच्च रक्तचाप जाँच गरिनुका साथै स्वास्थ्य परामर्श सेवा उपलब्ध गराइएको छ ।

वडा सुरु गरेको स्वास्थ्य परीक्षण कार्यक्रमबाट ४ दिनको अवधिमा ३ सय भन्दा वढीले सेवा लिएको बागलुङ नगरपालिका अहेव शुकुन्तला थापाले बताउनु भयो ।

वडाका जेष्ठ नागरिक साथै, बजारमा भेटिएका जेष्ठ नागरिक तथा गर्वभती महिलाहरुलाई समेत सुगर र उच्च रक्तचाप जाँच गरिएको थापाले बताउनु भयो । अभियान एक सातासम्म संचालन गर्ने वडा कार्यालयको योजना रहेको छ ।

अभियानमा नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी समेत सहभागि भएर जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण सेवा प्रदान गरेका छन् । आफ्नो घरमै स्वास्थ्य परीक्षण गराउन पाउँदा यहाँका ज्येष्ठ नागरिक खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्