बागलुङ । बागलुङ नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आर्थिक वर्ष २०८० र ८१ को स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा शुक्रबार प्रस्तुत गरिएको छ ।
कार्यक्रममा बाग्लुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले वार्षिक प्रतिवेदनको विमोचन गर्नुभएको थियो। कार्यक्रमलाई बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्का, सामाजिक विकास समितिका संयोजक ज्ञानेन्द्र गौतम, स्वास्थ्य कार्यालय बागलुङका निमित्त कार्यालय प्रमुख घनश्याम सापकोटा, बीवाईसी बागलुङका अध्यक्ष तोयानाथ गौतमले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा विभिन्न सूचकहरूमाथि मूल्याङ्कन गरी आधारभूत स्वास्थ्य केन्द्र रामरेखाका जनस्वास्थ्य निरीक्षक अनीता राजभण्डारी, मालिका स्वास्थ्य चौकीका जनस्वास्थ्य अधिकृत विमाशचन्द्र पौडेल, अमलाचौर स्वास्थ्य चौकीका जनस्वास्थ्य अधिकृत कृष्ण प्रसाद शर्मा,
नारायणस्थान स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक ऋषिराम शर्मा , लहरे पिपल स्वास्थ्य चौकीका सिइअहेव अधिकृत विष्णुनाथ सापकोटा र बागलुङ नगर अस्पतालका जनस्वास्थ्य निरीक्षक दुर्गा प्रसाद शर्मालाई नगर प्रमुख श्रेष्ठले प्रशंसापत्र प्रदान गर्नु भएको थियो ।
यी स्वास्थ्य संस्थाहरु जनस्वास्थ्य सेवामा अब्बल रहेका छन् । उनीहरुको सक्रियतालाई अझै प्रोत्साहित गर्न र अरु स्वास्थ्य संस्थाहरुलाई पनि क्रियाशिल बनाउन नगर स्वास्थ्य शाखाले विभिन्न कार्यक्रम ल्याउन लागेको नगर स्वास्थ्य शाखाका संयोजक रामप्रसाद खनालले बताउनु भयो ।
कार्यक्रममा नगर स्वास्थ्य शाखाका संयोजक खनालले नगरको स्वास्थ्य सेवाको वर्तमान अवस्था र आर्थिक वर्ष २०८१, ८२ को वार्षिक कार्ययोजना समेत प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रम बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलको अध्यक्षता र नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत विष्णुप्रसाद शर्माले सञ्चालन गर्नु भएको थियो ।




































































































































































































