५ कार्तिक २०८३, बुधबार

 

पाँच स्थानीय तहका स्वास्थ्य शाखालाई कम्प्युटर प्रदान

बागलुङ। फेयरमेड फाउण्डेशनको सहयोग र स्वास्थ्य कार्यालय बागलुङको समन्वयमा बागलुङका पाँच स्थानीय तहको स्वास्थ्य शाखालाई एक,एक थान कम्प्युटर प्रदान गरिएको छ ।

स्वास्थ्य शाखालाई डिजिटल बनाउन रु चार लाखमा खरिद गरिएको पाँच थान कम्प्युटर प्रदान गरिएको हो ।

गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठक, स्वास्थ्य कार्यालय बागलुङका प्रमुख घनश्याम सापकोटा र फेयरमेड फाउण्डेशनका गणेश बरुवालले बडिगाड गाउँपालिकाको अध्यक्ष गण्डकी थापा अधिकारी र निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुन मगरलाई एक,एक थान कम्प्युटर हस्तान्तरण गर्नुभएको थियो ।

जिल्लाको तमानखोला गाउँपालिका, ढोरपाटन नगरपालिका र बेरङ गाउँपालिकालाई उक्त कम्प्युटर प्रदान गर्नका लागि स्वास्थ्य कार्यालयलाई प्रदान गरिसकेको फेयरमेडका बरुवालले जानकारी दिनुभयो ।

स्वास्थ्य शाखालाई डिजिटल बनाउने, तथ्याङ्कलाई अध्यावधिक गर्ने कार्यमा कम्प्युटरले सघाउने स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकले जानकारी दिनुभयो ।

एउटा कम्प्युटरलाई भ्याट सहित रु ८० हजारमा खरिद गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung