३ श्रावण २०८३, आईतवार

 

डा. पुकार श्रेष्ठलाई बेलायतमा एफआरसीएस अवार्ड

बागलुङ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका पूर्वनिर्देशक तथा प्रत्यारोपण विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठलाई बेलायतको रोयल कलेज अफ सर्जन्स अफ एडिनबर्गले ‘फेलोसिप अफ द रोयल कलेज अफ सर्जन्स’(एफआरसीएस) को उपाधि प्रदान गरेको छ ।

डा. पुकारलाई विश्वस्तरीय परिणाम र गुणस्तरीयसहितको नेपालमा कलेजो र मिर्गौला प्रत्यारोपण सेवा स्थापना गरी सेवा दिएको भन्दै उक्त कलेजले सम्मान गरेको हो ।

डा. पुकारले वीर अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुरु गरेका गरी २०६९ मा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र स्थापना गरी उहाँ र उहाँको टिमले देश विदेश गरी १ हजार ६ सयभन्दा बढी बिरामीमा मृगौला प्रत्यारोपण गरेका छन् ।

श्रेष्ठले बेलायतमै प्रत्यारोपणसम्बन्धी अध्ययन पूरा गरेर नेपालमै सेवा दिने अठोट गरी मृगौला तथा कलेजो प्रत्यारोपण सेवा स्थापना र विस्तारमा महत्वपूर्ण योगदान पुऱ्याएकोमा सम्मान गरिएको कलेजले जनाएको छ ।

उहाँको टिमले मस्तिष्क मृत्यु भएकाबाट १३ जनाको मृगौला, ४ जनाको कलेजो र एक जनाको संयुक्त मृगौला तथा कलेजो प्रत्यारोपण समेत गरेको थियो ।

यो सम्मान नेपाल र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका चिकित्सक र स्वास्थ्यकर्मीको लागि महत्वपूर्ण कोशेढुंगा हो । यो प्रत्यारोपणमा क्रियाशिल सबै चिकित्सलाई उच्च मनोबल र साहस प्रदान गरेको डा. पुकारचन्द्र श्रेष्ठले नयाँविश्वलाई बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung