बागलुङ । प्रगति बहुउदेश्यीय सहकारी संस्था लिको १९औँ साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा सचिव बालकृष्ण शर्माले प्रगति प्रतिवेदन, कोषाध्यक्ष लक्ष्मीप्रसाद पौडेलले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक महादेव सापकोटाले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सहकारीले ७३ लाख ६८ हजार ५ सय ३६ रुपैयाँ खुद मुनाफा गरेको सहकारीको आम्दानी ३ करोड ३२ लाख ७३ हजार ८ सय २६ रुपैयाँ र २ करोड ५९ लाख ५ हजार २ सय ९० रुपैयाँ खर्च रहेको छ ।
कार्यक्रममा सहकारीका सल्लाहकार डा. डिल्लीराज गौतम, डा. रामप्रसाद उपाध्याय, पूर्व लेखा संयोजक तथा शेयर सदस्य कृष्णप्रसाद आचार्य, सम्मानित व्यक्तित्व अगन्धर कँडेल र सेयर सदस्य कोपिला कुमारी पुनले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साधारणसभामा ज्येष्ठ सेयर सदस्य भविकला उपाध्याय, लक्ष्मी कुमारी शर्मा, बलवती शर्मा, भुवानी देवी निउरे, मान कुमारी उपाध्याय, चित्रा कुमारी अधिकारी, चन्द्रकली खड्का, टिका बहादुर खड्का, देउरुपा जैसी, पूर्णकली उपाध्यायलाई नगदसहित सम्मान गरिएको थियो ।
साथै सहकारीमा उत्कृष्ट बालबचत गर्ने अंकित गौतम, आविष्कार ज्ञवाली, निष्कर्ष जिसी, वासुदेव गौतम, सार्थक आले, सुहाना थापा, उत्कृष्ट कारोबार गर्ने अमर आदर्श बोर्डिङ स्कुल, अगन्धर कँडेल, इन्द्रा खत्री नेपाली, सरगम थापा पौडेल, ललित बहादुर गौतम, पुतली थापा, यम प्रसाद गौतम, रजीद बेगम, हिरादेवी गौतमलाई सम्मान गरिएको थियो ।
कार्यक्रम प्रगति बहुउदेश्यीय सहकारीका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षता, उपाध्यक्ष तोयानाथ गौतमको स्वागत र सचिव बालकृष्ण शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
















































































































































































































