ताजा समाचार

कला / साहित्य

यसकारण छोडे राजु मास्टर र बल्छीले मेरी बास्सै !

काठमाडौं । करिब एक दशक अगाडिदेखि सीताराम कट्टेल (धुर्मुसं) र केदार घिमिरे (माग्नेबुढा)ले शुरु गरेको नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको लोकप्रिय हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ ले शुरुमा निकै लोकप्रियता कमाएको थियो । तर, पछिल्लो समय उक्त श्रृंखलाबाट केदार घिमिरे अलग भए । यसैगरी सामाजिक गतिविधिमा सक्रिय भएपछि धुर्मुसले पनि हात झिके । माग्नेबुढा र धुर्मुस दुवैले छोडेपछि राजु मास्टर र बल्छी धुर्वेले सो श्रृंखला अगाडि बढाउने जिम्मेवारी पाएका थिए । तर, यतिखेर फेरि टेलिश्रृंखला ‘मेरी बास्सै’ बाट प्रमूख कलाकार मरिचमान श्रेष्ठ… पुरा पढौ

तीनसय वर्ष पुरानो फागु गीत जोगाउँदै बागलुङको नेवार

बागलुङ÷ बागलुङको नेवारहरुले आफुले उपत्यकाबाट ल्याएको तीन सय वर्ष पुरानोे फागु गीत जोगाएर नयाँ पुस्तालाई सिकाउदै छ । । फागु गीत गाउँने बुढापाका विस्तारै कम हुन थालेपछि नेवार समुदायले नयाँ पुस्तालाई यस तर्फ आकर्षित गर्न प्रोत्साहित गर्दै छन । हामीले पुरानो भजन ,फागु गीत ,असारे  मौलिक गीतहरुको संरक्षण गर्न तालिमको आयोजना गर्न लागेको नेपाल भाषा मंका खलको उपाध्यक्ष गगन लाल शाक्यले बताउनु भयो ।तीन सय बर्ष अघि बागलुङमा आएका नेवारहरुले होली मनाउनु अघि कालिका मन्दिरमा बली चढाएपछि मात्र रंग लगाउथे… पुरा पढौ

नायक आर्यन सिग्देल बाबु बन्दै, श्रीमतीसँगका रोमान्टिक ६ तस्बिर

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका चकलेटी नायकका रुपमा परिचित आर्यन सिग्देल बैबाहिक जीवनमा बाँधिएको चार वर्षपछि अब चाँडै पिता बन्दैछन् । करिब चार वर्ष अघि आफ्नी प्रेमीका सपना भण्डारीसँग बिहे गरेका उनी बैशाखमा बाबु बन्न लागेका हुन् भने उनले यो खुसी तस्वीरमा समेत पोखेका छन् । आइतबार आर्यनकी पत्नी सपनाले सामाजिक सञ्जालमार्फत केही ‘बेबी बम्प’ तस्बिरहरू पोस्ट गर्दै आफ्नो सन्तान यसै नयाँ वर्ष अर्थात २०७६ बैशाखमा जन्मिने बताएकी छिन् । सपना विवाह अगाडि अभिनेता आर्यनकी फ्यान थिइन् ।त्यसपछि उनि आर्यनकी प्रेमिका… पुरा पढौ

कालिज संरक्षणमा कालिका भगवती गुठी

बागलुङ । बनमा पाइने कालिज (बन कुखुरा) को अबैध चोरी निकासी हुन थालेपछि बागलुङ कालिका भगवती गुठीले कालिजको संरक्षणको लागि अभियान शुरु गरेको छ । वासस्थानको सुरक्षा र चोरी शिकार नियन्त्रणमा योजनाबद्ध काम शुरु गरिएको छ । मन्दिर वरिपरि रहेको १९० रोपनी वन क्षेत्रमा कालिजलगायतका पक्षीको वासस्थान छ । प्राकृतिक वासस्थानमै कालिज संरक्षण गरिएको कालिका भगवती गुठी अध्यक्ष राजु खड्काले बताए । उनका अनुसार हिजोआज कालिज मन्दिरका परेवासँगै चारो टिपिरहेका हुन्छन् । संरक्षण र हेरचाहले कालिजको आनीबानी फेरिएको उनको बुझाइ… पुरा पढौ

गण्डकी प्रदेस फोटो पत्रकार महासंघ गठन

पोखरा । नेपाल फोटो पत्रकार महासंघ गण्डकी प्रदेस कमिटी गठन भएको छ । प्रदेश कमिति को अध्यक्षमा कास्कीका राम गुरूङ्ग चयन हुनुभएका छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा आईतबार भएको महासंघको प्रदेशस्तरीय भेलाले गुरूङ्गलाई संयोजकमा सर्वसम्मत चयन गरेको हो । नेपाल फोटो पत्रकार महासंघका केन्द्रीय अध्यक्ष ध्रुव आलको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष सागर श्रेष्ठ, महासचिव हरि रेग्मी र केन्द्रीय सदस्य ईन्द्र पौडेलको उपस्थितिमा थियोे । कार्यक्रम महासंघका सचिव हरि रेग्मीको सञ्चालनमा सम्पन्न भएको हो । त्यसै गरि समितीमा उपाध्यक्ष मञ्जुल… पुरा पढौ

शिवरात्रीका अबसरमा पशुपतिनाथ मन्दिरमा बिभिन्न भेषमा देखिएका बाबाहरु

काठमाडौं–पशुपतिनाथ मन्दिरमा बिगत बर्षहरुमा जस्तै यसबर्ष पनि बिहानै तीन बजेदेखि लाम बसेर पुजा गर्ने दर्शनार्थीहरुले पुजा अर्चना गर्ने क्रम जारी छ । पशुपति बिकास कोषले यसबर्ष करिब १० लाख भक्तजनले पुजा अर्चना गर्नेगरी ब्यवस्था मिलाएको जानकारी गराएको छ ।विगत बर्षहरुमा करिब ५ लाख सम्म दर्शनार्थीले शिवरात्रीका दिन दर्शन गरेको भएप्नि यस बर्ष ब्यवस्थापनमा सुधार गरेकोले दर्शनार्थीको संख्यामा बृद्धि हुने कोषको दाबी छ । दर्शनार्थीका अतिरिक्त पशुपति मन्दिर क्षेत्र परिसरमा नागाबाबा देखि जोगी जलन्धर सन्त, महन्तको बाक्लो उपस्थिती छ । कोषका… पुरा पढौ

प्रगतिशील लेख संघको अध्यक्षमा मनष्वी सर्वसम्मत

पर्वत । प्रगतिशील लेखक संघ नेपाल पर्वत शाखाको अध्यक्षमा किशोर मनष्वी सर्वसम्मत रुपमा चयन भएका छन् । शनिबार पर्वतमा बसेको जिल्ला भेलाले उनको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति गठन गरेको हो । संघको उपाध्यक्षमा विमल मायालु, सचिवमा यमप्रसाद पौडेल, सहसचिवमा आनन्द रिमाल, कोषाध्यक्षमा विष्णु सुवेदी चयन भएका हुन् । त्यस्तै सदस्यहरुमा दिनेश शर्मा पौडेल, जगदिश शर्मा पौडेल,संगिता सुवेदी, विक्रम ढुंगाना, महेन्द्र केसी, दिलिप पौडेल, परशुराम सुवेदी र बैगुण्ठ गिरी चयन भएका हुन् । जिल्ला भेलालले प्रदेश प्रतिनिधिमा दिनेश शर्मा पौडेल, संगिता… पुरा पढौ

१० देशबाट कलाकार झिकाई इस्कोनले बागलुङमा गर्यो अन्तराष्ट्रिय स्तरको कार्यक्रम

बागलुङको इतिहासमै पहिलोपटक अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) बागलुङको आयोजनामा एकैसाथ १० देशका ३० जना अन्तर्राष्ट्रिय कलाकारहरुले अन्तर्राष्ट्रिय स्तरको सांस्कृतिक प्रस्तुती दिएका छन् । महाशिवरात्रीको अवसरमा फागुन १५ गते आयोजना गरिएको महारात्री कार्यक्रममा विदेशी कलाकारहरुले विशेष सांस्कृतिक प्रस्तुतीका माध्यमबाट नेपाली संस्कृतीको महानता गान गर्नुका साथै संरक्षण गर्न पनि सन्देश दिएका छन् । विदेशी कलाकारले नेपाली झण्डा उचाली राष्ट्रिय गान सहित नेपाल राष्ट्रको सम्मान गर्दै कार्यक्रम उद्धाटन गरिएको कार्यक्रमले सहभागीहरुको मन जितेको थियो । ५०० भन्दा बढी दर्शकले भरिएको बागलुङको कालिगण्डकी फिल्म… पुरा पढौ

‘पिपिरी’उपन्यास लिएर आउदै लेखक मीनराज

युवा उपन्यासकार मीनराज बसन्तले आफनो दोश्रो कृति ‘पिपिरी’उपन्यास लिएर आउदै छन । ‘पिपिरी’उपन्यास फागुन १८ गते लोकार्पण गर्ने कार्यक्रम रहेको छ ।कुंज थिएटरमा पिपिरी उपन्यास माथि लेखक हाडयुग अज्ञात ,अमर न्यौपाने र सगुन शाहले समीक्षा गर्ने कार्यक्रम रहेको उपन्यासकार मीनराज बसन्तले नयाँ विश्वलाई बताए । मीनराजको पहिलो उपन्यास मुदिरले निकै चर्चा र पुरस्कृत समेत भएपछि पिपिरी उपन्यासले पनि पाठकको मन जित्न सफल हुने फिनिक्स बुक्सले जनाएको छ ।उपन्यासको कभर सार्वजजिनक भएसँगै सामाजिक संजालमा यसको चर्चासमेत चुलिएको छ । लेखक मीनराजले… पुरा पढौ

इस्कोनले बागलुङमा विशेष आध्यात्मिक साँझ कार्यक्रम गर्ने

नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ बागलुङ शाखाले शिवरात्रीको पावन अवसरमा आगामी फाल्गुन १५ गते बुधवार ‘‘महारात्री” नामक आध्यात्मिक साँझ कार्यक्रमको आयोजना गर्न लागेको छ ।नेपाली संस्कृती विदेशी प्रस्तुती मूल नारा रहेको कार्यक्रममा १० देशका ३० भन्दा बढी विदेशी कलाकारले नेपालको स्वदेशी संस्कृती, रामायण , महाभारत , शिवरात्री आदिमा आधारित नाटक तथा नृत्यहरु प्रस्तुत गर्नेछन । कार्यक्रममा राष्ट्रिय ख्यातीप्राप्त गायक थानेश्वर गौतम लगायतका कलाकारहरुको पनि प्रस्तुती रहनेछ  । राष्ट्रको समग्र विकासमा धर्म, संस्कार तथा संस्कृतीको पनि अहम भुमिका हुने तथा धार्मिक पर्यटनका… पुरा पढौ