२४ बैशाख २०८१, सोमबार

 

विद्यामन्दिर पुस्तकालयको ७७ औँ स्थापना दिवसमा चार पूर्व अध्यक्षहरू सम्मानित

बागलुङ । विद्यामन्दिर पुस्तकालय बागलुङको ७७ औँ स्थापना दिवस त्रिदिवसीय कार्यक्रमका साथ सम्पन्न भएको छ ।

स्थापना दिवसको अवसरमा सरस्वती पुजा सहित मुल समारोह आयोजना गरिएको थियो ।मुल समारोहमा पुुस्तकालयका पूर्व अध्यक्षलाई सम्मान, बालबालिकालाई स्टेशनरी सामाग्री सहयोग तथा पुस्तकालयका सुभेच्छुकलाई सम्मान गरिएको थियो ।

मुल समारोहको अवसरमा पुस्तकालयका पुर्व अध्यक्ष महेश कुमार राजभण्डारी, हिक्मत गौचन, विश्वज्योती गौचन र लालचन्द्र राजभण्डारी, लाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको हो । पुस्तकालयको विकासमा योगदान पु¥याए बापत पूर्व अध्यक्षलाई सम्मान गरिएको पुस्तकालयका अध्यक्ष राम थापाले जानकारी दिनुभयो ।

त्यसैगरी पुस्तकालयका विभिन्न कोष स्थापना गर्ने अक्षय कोष दातालाई पनि सम्मान गरिएको छ । जस अन्तर्गत शिशिर हेमन्त अक्षय कोष दाता श्याम श्रेष्ठ, गंगाप्रसाद स्मृति कोषका रामप्रसाद शर्मा, हरिमोहन अक्षयकोषका महेशचन्द्र प्रधान र कविराज जुनु अक्षय कोष दाताका तर्फबाट कविराज सुनारलाई सम्मान गरिएको हो ।

मूल समारोह कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य कुसुम बुढा मगरले पुस्तकालयलाई युग सुधाउदो बनाउन डिजितल माध्यममा लैजानु पर्ने बताउनुभयो । उहाँले बौद्धिक क्षेत्रको धरोहरका रुपमा रहेको पुस्तकाय जिउँदो इतिहास रहेको बताउनुभयो ।

बुढाले पुस्तकालय इतिहास भएकाले यसलाई संरक्षण गर्ने जिम्मा सबैको भएको बताउनुभयो । उहाँले पुस्तकालयको विकासका लागि गण्डकी प्रदेश सरकारका तर्फबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा बागलुङ समाज कल्याण केन्द्र काठमाण्डौंका अध्यक्ष रसुमिला श्रेष्ठले पुस्तकालय अन्र्तगतको बालबिकास केन्द्रमा अध्यनरत बालबालिकालाई स्टेशनरी र पुस्तक सहयोग गर्नु भएको थियो ।

त्यसैगरी पुस्तकालयका अक्षय कोष दाता श्याम श्रेष्ठले स्थापना गरेको शिशिर हेमन्त कोषबाट पनि बालबालिकाका लागि ब्लाङ्केट र शैक्षिक सामग्री प्रदान गर्नुभएको थियो । उहाँले उक्त कोषमा एक लाख रुपैयाँ थप गर्नु भएको थियो ।

कार्यक्रममा पुस्तकालयका कार्यबाहक प्रधान संरक्षक लालचन्द्र राजभण्डारी, सल्लाहकार प्राज्ञ प्रेम छोटा, पुस्तकालयका सदस्य तथा संरक्षक साहित्यकार काजिरोशन, संंरक्षक तथा अक्षयकोषदाता श्याम श्रेष्ठ, निवर्तमान अध्यक्ष रामप्रसाद शर्मा, बागलुङ समाज कल्लाण केन्द्र काठमाण्डौका अध्यक्ष रसुमिला श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नुुभएको थियोे ।

पुस्तकालयको इतिहासबारे पूर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले जानकारी गराउनु भएको थियो । कार्यक्रम पुस्तकालयका अध्यक्ष राम थापा अविरलकोे अध्यक्षता, उपाध्यक्ष रामचन्द्र शर्माको स्वागत र सचिव राजनप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्