३ जेष्ठ २०८१, बिहीबार

 

पाण्डवखानी छुट्याईएको भन्दै स्थानियहरु विरोधमा

बागलुङ –  स्थानीय तह पुनःसंरचनामा आफ्नो गाउँलाई विभाजन गरिएपछि पाण्डवखानी गाविस आन्दोलित बनेको छ ।
सिङ्गो गाविसलाई प्रस्तावित गलकोट नगरपालिकामा समेट्न माग गर्दै ‘अखण्ड पाण्डवखानी’ सङ्र्घष समिति गठन गरी स्थानियबासी आन्दोलनमा उत्रिएका छन ।

पाण्डवखानी गाविसको वडा नं. ३ र ४ लाई हटिया नगरपालिका र अन्य वडालाई बढिघाट गाउँ पालिकामा राखेर आफुहरुलाई छुट्याईएको भन्दै उनिहरु विरोधमा उत्रिएका हुन । बिहिबार बागलुङ पत्रकार सम्मेलन गदै आफुहरु हटिया नगरपालिकामा आउन चाहेको तर जिल्लामा क्रियाशिल राजनैतिक दलहरुले पाण्डवखानीलाई दुई टुक्रा पारेको आरोप लगाएका छन ।
राज्य पुर्नसंरचना गर्दा जनताले चाहे बमोजिम नभएर राजनैतिक दलको मनोमानि भएको भनि आफुहरुलाई उक्त कुरा सैय नभएको संघर्ष समितिका संयोजक राधिका पुनले बताईन ।
हामी सो निर्णय सच्चाउनका लागि सदरमुकाम आएका छौ पुनले भनीन सिंगो पाण्डवखानी टुक्राउने अधिकार यिनिहरुलाई कसले दियो ? पुनले प्रश्न गरीन जब सम्म उक्त निर्णय सचिदैन तब सम्म हामीहरु आन्दोलनका कार्यक्रमहरु अगाडि बढाउने छौ ।
गाविस टुक्र्याउने निर्णय आफूहरुलाई मान्य नहुने हुँदा तत्काल सच्चाउनका लागि स्थानियहरुले आग्रह गरेका थिए ।
जिल्ला तहमा बसेर राजनीतिक दलहरुले पाण्डवखानी गाविसलाई प्रस्तावित गलकोट नगरपालिका र बढीघाट गाउँपालिकामा विभाजन गरेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेसका सभापति दिपेन्द्र बहादुर थापाले आफ्नो दलले जनताको मर्म बुझेर उनिहरुको चाहना अनुसार गर्न खोजेको बताए । सोही अवसरमा नेकपा माओबादी केन्द्रका अध्यक्ष चन्द्र बहादुर थापा सागर नेपाली काँग्रेसका जिल्ला सदस्य तथा स्थानिय राम बहादुर वि.ब. नेपाल महिला संघका केन्द्रिय सदस्य रेणुका काउचा लगायतले सिंगो गल्कोट क्षेत्र भनेको रिघा, पाण्डवखानी, सिसाखानी, रणसिंहकिटेनी पनि पर्ने हुँदा सबैलाई गल्कोट नगरपालिकामा राख्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्