३ जेष्ठ २०८१, बिहीबार

 

एमालेले स्थानीय तहको चुनावमा जान तोक्यो संयोजक

emale

खगेन्द्र विश्वकर्मा फागुन ,चैत्र ६—  नेपाल कम्युनिष्ट पार्टि एमाले जिल्ला कमिटि बागलुङले स्थानीय तहमा चुनावमा जानका लागि संयोजक तोकेको छ । नेकपा एमाले बागलुङले आइतवार पत्रकार सम्मेलन गरी स्थानीय तहको चुनाव जान संयोजक गठन लगाएका विभिन्न कार्य जिम्मेवारी निर्धारण गरेको छ ।
स्थानीय तहको नयाँ संरचना अनुसार बागलुङ जिल्लामा ४ नगरपालिका ६ गाँउपालिका गरी १० वटा स्थानीय संरचना र ती अन्तरगत ८५ वडाहरुमा साविक गाँउ कमिटीहरु वार्ड कमिटि र वार्ड कमिटिहरु टोल कमिटिमा रुपान्तरित गरेको छ ।
त्यसैगरी चुनाव कन्द्रीय स्थानिय तहमा नामवाली रहरेको र वरिष्ठताको आधारमा नगरपाली र गाँउपालीकामा संयोजक तोकेको छ ।
जस अन्तरगत बागलुङ नगरपालिकामा संयोजक गोविन्दराज गौतम,सह संयोजक धनबहादुर परियार,जैमिनी नगरपालिकमा संयोजक भुपाल चालिसे,सह संयोजक होमनाथ थापा,गल्कोट नगरपालिकामा संयोजक डम्वर श्रीस सह गुञ्जनबहादुर थापा, ढोरपाटन नगरपालिकामा संयोजक लक्षमण पुन सह केशर छन्त्याल,काँठेखोला गाँउपालीकामा संयोजक डिल्लीराज गौतम सह हुमाकुमारी जिसी अन्जु,लाई जिम्मेवारीका साथ संयोजक तथा सहसंयोजक तोकिएको छ ।
त्यसै गरी वडिघाड गाँउपालिकामा संयोजक शान्ती अधिकारी ,सह तिर्थमणी भुसाल,ताराखोला गाँउपालिकामा संजय श्रेष्ठ, बरेङ गाउँपालिकामा धनिश्वर पौडेल, तमानखोला गाउँपालिकामा उदिम छन्त्याल, निसीखोला गाँउपालिकामा रुद्र पौडेल लालविर लोकचनलाई जिम्मेवारी दिएको छ ।
समितिले नयाँ संरचना अनुसारका सम्बन्धित भुगोलमा पार्टि सदस्यहरुको सहभागिता रहने गरि नगरपालिका तथा गाँउपालिका स्तरीय प्रशिक्षण गर्ने मिति समेत तय गरेको एमाले जिल्ला सचिव लालबहादुर थापाले बताउनुभयो ।
पत्रकार सम्मेलन एमाले बागलुङका प्रचारप्रसार प्रमुख धनबहादुर परियारको संचालनमा सम्मन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्