
1500
खगेन्द्र विश्वकर्मा
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठनले संविधान कार्यान्वयनमा सामाजिक रुपान्तरण हाम्रो अभियान ,शैक्षिक पुर्नसंरचनाका लागी एकताको २४ औं जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ जिल्ला सम्मेलन चैत्र २६ गते बागलुङमा सम्पन्न गर्ने जिल्ला सम्मेलन संयोजक जीवन शर्माले बताए ।
उक्त कार्यक्रममा बोल्दै अखिल क्रान्तिकारीको केन्दीय उपाअध्यक्ष दिवश खत्री पदमले नेपाली राजनीतीमा मुख्य भुमिका राख्ने आखिरत विद्यार्थीनै भएकोले विद्यार्थीले समाज परिवर्तनको लागी शिक्षासंगै राजनिति पनी बुझ्नु पर्ने बताए ।
नेपाली राजनीतीक क्रममा शिक्षालाई मौलिक अधिकारको रुपमा स्थापीत गर्नु अखिल क्रान्तिकारीको मुख्य मुद्या भएको र वर्तमान सरकारले शिक्षालाई मौलिक अधिकारको रुपमा स्थापित गरेको बताए ।
त्यसैगरी नेकपा माओवादी केन्द्रका केन्द्रीय पोलिव्युरो सदस्य चन्द बहादुर बुढा मगर सागरले विद्यार्थिहरु अव शिक्षा र चेतना संगै अवकौ वैज्ञानिक युगलाई सोेही किसीमको शिक्षा प्रणाली अपानाउनु पर्नेमा ध्यान दिन आफ्नो पार्टी प्रतिवद्ध रहेको बताए ।
जिल्ला एकता भेला तथा सम्मेलनको लागी बागलुङ जिल्ला अन्तरगत विभिन्न गाँउ पालीका तथा नगरपालीकाहरुमा समितिले सम्मेलनको लागी जिवन शर्माको संयोजकत्वमा ३१ सदस्यीय समिति गठन गरेको छ ।
बागलुङ नगरपालीकाको विद्यालय तथा क्याम्पसका लागी संयोजक विद्युर रेग्मी, जैमीनि नगरपालिकाको लागी संयोजक दुर्गा पौड्ल सहसंयोजक रोसनी भुजेल, गलकोट नगरपालिकाको लागी सैयोजनक जिवनकला खत्री सरिता रहनुभएको छ । त्येसै गरी ढोरपाटन नगरपालीकाको लागी संयोजक विकास शर्मा, ताराखोला गाँउपालीकाको लागी संयोजक किशोर घर्ती, तमान गाँउपालिकाको लागी संयोजक हिमाली रोकालाई संयोजक ताकिएको छ ।
कार्यक्रम अखिल क्रान्तिकारी विद्यार्थी संगठन बागलुङका किशोस घर्तीको अध्यक्षता लालमती रोकाको स्वागत दुर्गा पौडेलको संचालनमा सम्पन्न भएको थियो ।













































































































































































































