४ श्रावण २०८३, सोमबार

 

आदित्यको मेहनत र परिश्रमको सवैले अनुसरण गर्नुपर्ने — सांसद खड्का

सुमित्रा सुनार
बागलुङ
बागलुङ क्षेत्र १ की सांसद चम्पा देवी खड्काले आदित्य पन्तले विद्यार्थी जिवन कालमा गरेको मेहनत र परिश्रम सवैले अनुशरण गर्नुपर्ने बताएकी छन । विहिवार आदित्य प्रतिभा स्मृति प्रतिष्ठानको छात्रवृति घोषणा तथा सम्मान कार्यक्रम उनले यस्तो बताएकी हुन । त्यस्तै उनले आदित्य प्रति श्रद्धाञ्जली व्यक्त गर्दैै एउटा आदित्य गुमाए पनि यस समाजले धेरै आदित्य जन्माउन सफल होस भन्दै शुभकामना दिइन । गोविन्दराज पन्त र आमा विना कार्किको कोखबाट आदित्य पन्तको विं स. २०४७ असार ४ गते जन्मेका थिए । आदित्य सानै देखि पढाइमा एकदमै अब्बल थिए र क्रिकेट खेलमा पनि एकदमै रुचि राख्थे। उनि क्रिकेट खेल हेर्नको लागि जहा पनि पुग्थे आदित्य काठमाडौ स्थित बुढानिलकण्ठ स्कुलमा कक्षा १० मा अध्ययनरत थिए।

केहि समय पछि अर्थात २०६५ सालमा आदित्य प्रतिष्ठान नाम गरी सस्था स्थापना गरियो ।यस सस्थाले बागलुङमा रहेका गरिब,जनजाति,दलित,विपन्नबर्ग र शिक्षाको पहुचबाट बञ्चित भएकालाई सहयोग गर्दै आएको छ । सस्था स्थापना भएबाट यस सस्थाले पहिलो सम्मान बालबालिकाका लागि एकदमै क्रियासिल भएर काम गर्ने क्रियाशिल महिला कुमारी श्रेष्ठ,दोस्रो सम्मान मोहनजन राजन,तेस्रो पुरस्कार म्याग्दीका साहित्यकार धु्रबलाल शर्मा र पर्वतका गणेश जि सी,समानसेवी हेमराज शर्मा लगायतलाइ सम्मान गर्दै आएको छ ।

यस वर्ष स्वास्थ्य क्षेत्रमा एकदमै क्रियाशिल भएर काम गर्दै आउनुभएका डा. कृष्ण बहादुर श्रेष्ठ र समाजमा एकदमै सामाजिक काममा अग्रसर व्यक्ति केवी रानालाइ सम्मान गरेको थियो । त्यस्तै उक्त प्रतिष्ठानले गरिव,दलित,विपन्न वर्गका ३२ जनालाइ प्रत्येक महिना ५ सयको हिसावले छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
कार्यक्रममा गत बर्ष छात्रवृत्ति पाउनुुभएका धवलागिरि बहुमुखी क्याम्पसमा अध्ययनरत कमला विश्वकर्मा र उक्त क्याम्पसमा अध्ययनरत विद्यार्थी नविन शिशिरले आदित्य प्रति श्रद्धाञ्जली व्यक्त गर्दै आफुले पाएको छात्रवृत्तिले आफ्नो पढाइमा एकदमै प्रेरित गरेको आफ्नो मन्तव्य व्यक्त गरेका थिए । शैक्षिक सत्र २०७४ बाट गरिव दलित,जनजाती तथा विपन्न बर्गका विद्यार्थी १५ जनालाइ छात्रवृत्ति प्रदान गर्ने घोषणा गरिएको छ ।
सो कार्यक्रममा जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद मिश्र,डा. कृष्णबहादुर श्रेष्ठ,विश्वनाथ रेग्मी,साहित्यकार प्रेम छोटा,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य हरिनारायण गौतम,समाजसेवी केवी राना मगर लगायतले आदित्य प्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष विजयराज पन्तको अध्यक्षता,महेशचन्द्र प्रधानको स्वागत र सचिव धिरेन्द्र पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung