३ जेष्ठ २०८१, बिहीबार

 

स्थानीय तहको चुनावलाइ सफल पार्न सवै लाग्नुपर्ने — नगरप्रमुख लामिछाने

खगेन्द्र विश्वकर्मा
बागलुङ चैत्र,११
बागलुङ नगरपालिकाका नवआगन्तुक प्रमुख सुवाशकुमार लामिछानेले आफ्नो पहिलो प्राथमिकता स्थानीय चुनावलाई सम्पन्न गर्नु रहेका बताएका छन । शुक्रबार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । राज्यले दिएको जिम्मेवारीलाई सही तरिकाले कार्यान्वयन गर्दै आफुहरुमा भएको कार्यअधिकारको आधारमा नगरपालिका बासिको पक्षमा काम गर्ने बताए ।
त्यस्तै उनले पहिलो प्राथमिकता स्थानीय चुनावलाई सम्पन्न गरी नगरपालिका भित्र देखिएका विभिन्न समस्याहरु लाइ राजनितिक दल तथा सरोकारहरु सँग सहकार्य गरि हल गर्ने बताए ।
त्यसका लागि पत्रकारहरुको महत्वपूर्ण भुमिका रहने भएकोले पत्रकारहरुले सकरात्मक भूमिका खेल्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्