
छक्कापन्जा फिल्मले नेपाली बजारमा १६ करोडको व्यापार गर्न सफल भएपछि यसको सिक्वेल बन्ने खबर बाहिर आएको छ । निर्देशक दीपाश्री निरौला छक्का पन्जाको सिक्वेल बनाउन उत्साहित भएर लागेकि छन १ निर्माता तथा कलाकार दीपकराज गिरीले छक्का पन्जा २ को खुलासा गरेका हुन ।
छक्का पन्जा रिलिज हुदा समीक्षको प्रतिकृया राम्रो नभए पनि फिल्मले बक्स अफिस कलेक्सन धेरै राम्रो थियो । तर नाम र दाम कामाएको फिल्मको सिक्वेलले भने नेपाली बजारमा प्रभाव जमाउन सकेको छैन । कमजोर कथाले लुट र दर्पणछायाले अपेक्षा गरे अनुसारको व्यापार गर्न सकेन । यसले निर्माता , निर्देशकको छविलाई नै धक्का पुगेको छ १ त्यहि लहरमा बन्न लागेको छक्कापन्जा भाग २ ले आफ्नो साख जोगाउन सक्छ त ?