१ जेष्ठ २०८१, मंगलवार

 

प्रविधिको बिकाससँगै सामाजिक सन्जाल र डिजिटल मार्केटिङ्ग

“बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन” आजको प्रतिस्प्रधाको समयमा एकदमै उपयुक्त भएको छ यो नेपाली उखान। नुनदेखी सुन सम्म हरेक चिजको ब्यापारमा बिज्ञापन अत्यावस्यक भएको छ। हरेक क्षेत्रमा बिज्ञापनको महत्व बढेको छ।  प्रविधिको बिकास सँगै बिज्ञापन गर्ने तरिकामा पनि परिवर्तन आएको छ।

रेडियो टेलिभिजन अनि पत्रपत्रिकामा आउने बिज्ञापन अहिले फेसबुकको भित्तामा आउन थालेको छ। जुन अहिलेको सुचना  प्रविधिको जमानामा निकै प्रभावकारी देखिएको छ। बिशेष गरी अहिलेको युवापुस्तालाई समेत यसले समेट्न सकेको छ। अहिले पैले जस्तो एफ.एम सुन्ने पत्रिका पढ्ने चलन हराउदै गएको छ। कामको बेस्तता,समय अभाव र बदलिदो परिस्थिती सँगै मानिस सुचना प्राप्त गर्ने तरिका पनि बदलिएको छ भने प्रविधिको बिकासले यसलाई अझ परिमार्जित गरिदिएको छ। त्यसमा पनि सामाजिक सन्जालको प्रयोगले सम्पूर्ण जानकारी एकै ठाउँमा पाईने भएको छ। हरेक समाचार ई पेपर र फेसबुकका भित्ताहरुमा आउने गरेकाले पनि होला। त्यस्तै टेलिभिजनमा पनि बिज्ञापन हेर्न रुचाईदैन। एउटामा बिज्ञापन आए अर्को च्यानल लगाउने बानी परेको छ सबैलाई। अनगिन्ती नेपाली, हिन्दी तथा अङ्रेजी च्यानलहरुको आगमनले पहिले जस्तो नेपाली टेलिभिजन अनि बिज्ञापन हेर्ने गर्दैनन मान्छेहरु।

हरेक क्षेत्रमा उपयुक्त डिजिटल मार्केटिङ्ग शिक्षा क्षेत्रमा पनि उत्तिकै प्रभावकारी मानिएको छ। जब नयाँ सेसनको सिजन सुरु हुन्छ स्कूल कलेजहरु आफ्नोमा गुणस्तरिय विद्यार्थी भर्ना गराउन लागि पर्छन ।१२ को परिक्षा सकिदा अभिभाबक र विद्यार्थीलाई ब्रीज कोर्स पढ्ने तनाब हुन्छ भने त्यस्ता कोर्स पढाउने शैक्षिक संस्थालाई कसरी धेरै विद्यार्थीलाई आफ्नो संस्थामा आकर्शित गरौ भन्ने हुन्छ.स्नातक तहको पढाई हुने कलेजमा पनि त्यस्तै बातावरण हुन्छ।विद्यार्थीको वार्षिक परिक्षा सकिना साथ स्कूलहरुको नयाँ भर्ना को बिज्ञापन देख्न पाईन्छ । रेडियो टि.भी पत्रिकामा बिज्ञापन, पर्चाहरु बाड्ने इत्यादी। एस् ई ई तथा १२ कक्षाको परिक्षा दिएर बाहिर निस्किने बिद्यार्थीको हातमा थमाइने पर्चाहरु देख्दा अहिलेको डिजीटलाईज युगमा पेपरको नाश मात्र हो भन्न सकिन्छ । यसका लागि डिजिटल मार्केटिङ्ग  उपयुक्त हुन्छ।

अहिले हरेक ब्यक्तिको हातमा मोबाईल अनि फेसबुक अकाउन्ट अनिबार्य जस्तो भएको छ। गाउ देखी शहर सम्म फेसबुक नचलाउने ब्यक्ती शायद कमै होलान।

२०१६ को तथ्यांक हेर्दा नेपाल मा ५० देखी ६० लाख फेसबुक प्रयोगकर्ता छन । फेसबुक प्रयोगकर्ताहरू ३५% महिला र ६५% पुरुष छन्। १८-३४ उमेर समूहका महिला फेसबुक प्रयोगकर्ता मात्र ८९% छन । जबकि पुरुष फेसबुक प्रयोगकर्ताको ८४% १८-२४ उमेर समूहका छन । जसमा अधिकांश स्कूल कलेज पढ्ने उमेर समुह पर्छन। शिक्षा स्तरको आधारमा नेपालमा फेसबूक प्रयोगकर्ता ७६% कलेज विद्यार्थी, १६% विद्यालय विद्यार्थी र ८% विद्यार्थी स्नात्कोत्तर देखिन्छ ।

हरेक उमेर बर्ग पेसाका ब्यक्ती हरु फेसबुक चलाउछन। यस कारण पनि डिजिटल मार्केटिङ्ग ( फेसबुक मार्केटिङ्ग) निकै उपयुक्त भएको छ। कुन क्षेत्रको, कुन उमेरका अनि रुचीको बिषय छानेर उनिहरुलाई मात्र बिज्ञापन देखाउने सुबिधाले पनि यो प्रविधिलाई अझ प्रभावकारी बनाउन मद्धत गरेको छ। यसो गर्दा थोरै पैसामा धेरै जना लक्षित समुहलाई बिज्ञापन देखाउन सकिन्छ।

त्यस्तै गरी डिजिटल माध्यममा बिज्ञापन गर्दा थप जानकारी आवश्यक परेमा तत्काल कमेन्ट, म्यासेजमा दोहोरो कुरा गर्न सकिन्छ । परम्परागत शैलीको बिज्ञापन हेर्नु भन्दा फरक यो माध्यमको बिज्ञापनमाथि टिका टिप्पणी गरी आफुले चाहेको प्रश्नहरु समेत सोध्न सक्छन। यसले बिज्ञापन गर्नेहरु र त्यसबारे चासो राख्नेहरुको अन्तर्कृया गर्ने पुलको काम गरेको छ जुन अत्यन्त प्रभावकारी छ, साथै बिश्वब्यापिकरणमा पनि त्यतिकै महत्वपूर्ण भूमिका खेल्छ।

अहिलेको युवा पुस्ता प्रविधिसँगै हुर्केका हुनाले उनिहरुको लागि सुचना प्राप्त गर्ने एकमात्र साधन भनेको सामाजिक सन्जाल हुन। पढाई बाहेक अतिरिक्त समय मोबाईल र र ल्यापटप अनी ईन्टरनेट सँग बिताउन रुचाउने युवा पुस्तालाई समेट्न डिजिटल बिज्ञापन नै उत्तम हुन्छ। शिक्षा क्षेत्रका लागि नयाँ पुस्तानै प्राथमिकतामा पर्ने भएकाले डिजिटल मार्केटिङ्गको महत्त्व बढेको छ।यस अर्थमा पनि डिजिटल मार्केटिङ्ग या फेसबुक एड्भर्टाइजमेण्ट उपयुक्त हुन्छ । भावी विद्यार्थीहरू सामाजिक सन्जाल जस्तै फेसबुक, ट्विटरमा तपाईंको बलियो उपस्थितिको आशा राख्छन।

ई. उषा पौडेल (निर्देशक XL Soft Tech Pvt. Ltd)

प्रतिक्रिया दिनुहोस्