६ जेष्ठ २०८१, आईतवार

 

सवारी दुर्घटना न्यूनीकरणका लागि बागलुङमा ट्राफिक सप्ताह सुरु

बागलुङ । सवारी दुर्घटनालाई न्यूनीकरण गर्न बागलुङमा जनचेतनासहितको ट्राफिक सप्ताह सुरु भएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय बागलुङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङको समन्वयमा मंगलबारदेखि ट्राफिक सप्ताह सुरु भएको हो ।

ट्राफिक सप्ताह ३१ गतेसम्म सञ्चालन हुनेछ । ट्राफिक सप्ताहको पहिलो दिन ट्राफिक सचेतना मुलक प्लेकार्डसहित समिट चोक, जिप पार्क, भुपी चोक, राधाकृष्ण टोल परिक्रममा गरि मूल समारोहमा परिणत भएको थियो ।

साथै गलकोटको हटिया र ढोरपाटनको बुर्तिबाङ बजारमा पनि र्‍याली सहितको कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेले नयाँ विश्वलाई बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय प्रमुख अमर थापा, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक ऋषिराम कँडेल, बागलुङ नगरपालिकाका उपमेयर राजु खड्का, यातायात व्यवस्था कार्यालयका कार्यालय प्रमुख गुमादेवी शर्मा, धौलागिरि गण्डकी यातायात सेवा प्रालिका अध्यक्ष उमेश केसी र राष्ट्रिय उपभोक्ता मंच बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले मन्तव्य व्यक्त गर्नु थियो ।

कार्याक्रम जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षता, जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रहरी नायव निरीक्षक सुमन निउरको स्वागत र जिल्ला प्रहरी कार्यालय बागलुका प्रहरी निरीक्षक दीपक बाबु केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

तस्बिर:दिनेश जिसी

प्रतिक्रिया दिनुहोस्