३ जेष्ठ २०८१, बिहीबार

 

स्थानीय तहको निर्वाचनले संविधानलाई कार्यान्वयनमा लैजान्छ —  गुरुङ

मुकेश राजभण्डारी
बागलुङ,चैत्र १३
नेकपा माओवादीका केन्द्रिय कार्यालय सदस्य तथा प्रदेश नं ४ इन्चार्ज देव गुरुङले स्थानीय निर्वाचनले संविधानलाई कार्यान्वयनमा लैजाने बताएका छन । प्रेस सेन्टर बागलुङले आयोजना गरेको पत्रकार भेटघाटमा गुरूङले यस्तो बताएका हुन । ‘देश चुनौतीको संघारमा छ । हामी सबै मिलेर स्थानीय निर्वाचन सफल बनाउन सके जन अपेक्षा अनुसार काम भए लोकतन्त्रको जग बलियो हुन्छ ।‘ उनले भनेँ, निर्वाचनको लागि सरकारले सबै दलहरूसँग कुरा गरिरहेको छ । यसमा सबैको साथ रहे तोकिएको समयमा निर्वाचन गराउन सकिन्छ ।‘ त्यस्तै उनले त्यसको सरकार धेरै लचिलो भएर प्रस्तुत भएको बताए ।

चीनबाट प्रधानमन्त्री फर्कन साथ राजनीतिक छलफललाई अगाडि बढाएर छिटो निकास दिनुपर्ने आवश्यकता रहेका धारणा व्यक्त गरे । पत्रकारहरुको प्रश्नको उत्तर दिदैँ गुरूङले मधेसी दलहरूको मागको विषयमा सरकार गम्भीर रहेको, मधेसी दलहरूको मागहरू धेरै सम्वोधन भई सकेको र मुख्य मागहरूको विषयमा प्रतिपक्ष सबै दलहरूलाई विश्वासमा लिएर मधेसी दलहरूको माग सरकारले अधिकतम सम्वोधन गर्ने बताए ।

1000

1000

मधेसी दलहरू सहित निर्वाचनमा जाने हामी सबैले वातावरण बनाउनु पर्ने अहिलेको मुख्य कार्यभार रहेको उनले बताए । पत्रकार भेटघाट प्रेस सेन्टर नेपाल बागलुङको अध्यक्ष राम थापा अविरलको अध्यक्षता, सल्लाहकार तथा केन्द्रीय सदस्य कोपिला कडेलको स्वागत र सञ्चालन सल्लाहकार मुकेश राजभण्डारीले गरेका थिए ।

फोटो ः मञ्जुल शाक्य

प्रतिक्रिया दिनुहोस्