नेवार महिलाहरुको हकहित र क्षमता अभिवृद्दि गर्ने उदेश्यका साथ सोमना शाक्यको संयोजकत्वमा नेवा मिसा दबू बागलुङ तदर्थ समिति गठन भएको छ । उक्त समितिको सदस्यहरुमा शशिकिरण श्रेष्ठ,अर्चना पालिखे,नारायण देवी राजभण्डारी,इन्द्र श्रेष्ठ,चयन देवी श्रेष्ठ,रेनु राजभण्डारी,इन्दिरा श्रेष्ठ,हिमाली बज्राचार्य,प्राणेश्वरी शाक्य,लक्ष्मी शाक्य,दिव्यलक्ष्मी शाक्य,रोशन शाक्य,मेनुका शाक्य र मनमाया श्रेष्ठ रहेका छन । तदर्थ समितीले चैत्र १९ गते बागलुङ बजारमा जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ ।
उक्त सम्मेलनमा केन्द्रिय सदस्य रश्मिला प्रजापति,पश्चिमाञ्चल उपाध्यक्ष योगिता श्रेष्ठको आतिथ्यता रहने संयोजक सोमना शाक्यले बताउनु भयो ।













































































































































































































