५ कार्तिक २०८३, बुधबार

 

आफ्नो अधिकार खोज्न जागरुक भएर लाग्नुपर्छ— सांसद खड्का

नेपाली कांग्रेस क्षेत्र १ की सांसद चम्पादेवी खड्काले महिलाहरुले आफ्नो अधिकार खोज्नका लागि आफै जागरुक भएर लाग्नुपर्ने बताएकी छिन । बानपा ५ ले आयोजना गरेको महिलाहरुका लागि शसक्तिकरण कार्यक्रममा उनले यस्तो बताएकी हुन । त्यस्तै उनले महिलाहरुलाइ अग्रसर गराउनका निम्ति सवैले सक्दो पहल गर्नुपर्ने बताइन ।

सो अवसरमा गैरसरकारी महासंघ बागलुङका अध्यक्ष मुक्तिराम सापकोटा,महिला विकाश अधिकृत सिता अधिकारी,सहयात्रा बागलुङकी अध्यक्ष शकुन्तला शर्मा,महिला अधिकारकर्मी कल्पना हमाल पाठक,बानपा ५ का वडा संयोजक लालबहादुर केसी,मानवअधिकारका लागि एकल महिलाका सचिव लक्ष्मी शर्मा,शिवालय प्राविका प्रअ घनश्याम खत्री,सामाजिक परिचालक नवराज पौडेल,जिल्ला बाल सञ्जालकी अध्यक्ष शुरक्षा खड्का लगायतले आफ्नो भनाइ राख्नुभएको थियो ।
कार्यक्रम महिला तथा बालअधिकार सेवा केन्द्रका अध्यक्ष पार्वती आचार्यको अध्यक्षता,उपाध्यक्ष अमृता थापाको स्वागत र सचिव सीता शर्माको सञ्चालनमा सम्पन्न भएको थियो

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung