१ जेष्ठ २०८१, मंगलवार

 

फेसबुकको विज्ञापन आम्दानी बढ्यो

विश्व चर्चित प्रविधि कम्पनी फेसबुकको चालु वर्षमा विज्ञापन आम्दानी ३३.७६ अर्ब डलर हुने अनुसन्धान कम्पनी ई मार्केटरले जनाएको छ । विज्ञापन आम्दानीमा भएको वृद्धिले यो वर्षको विश्वव्यापी विज्ञापन आम्दानी अरू कम्पनी तुलनामा फेसबुकको बढि हुने देखिएको छ । यो कम्पनीको विज्ञापन आम्दानी बढि हुनुमा मोबाईल र भिडियो प्रमुख कारण हुन ।

फेसबुक र गुगलको विज्ञापन आम्दानी विश्वको कुल डिजिटल विज्ञापनको आधा हो । अहिले विश्वव्यापी रूपमा डिजिटल विज्ञापन गर्ने होडबाजि चलेको छ । युवा लक्षित यो विज्ञापन गर्ने शैलीको विकासले यो वर्ष १७.४ प्रतिशतले वृद्धि भएकोछ ।अन्य प्रविधि कम्पनीहरू स्न्यापच्याट, अलिबाबा लगाएतको विज्ञापन आम्दानीमा वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्