५ श्रावण २०८३, मंगलवार

 

नेकपा एमाले स्थानिय तहको निर्वाचन केन्द्रीत कार्यक्रमको तयारीमा जुट्यो

नेकपा एमाले स्थानिय तहको निर्वाचन केन्द्रीत कार्यक्रमको तयारीको लागि गलकोट नगरपालिकाको नगरकमिटिको बैठक सम्पन्न गरेको छ । बैठकले आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको रणनीति भुमिका र कार्यक्रम तय गरेको छ । बैठकमा गलकोट नगरपालिकाको ११ वटै वडाका संयोजकले वडाको रिपोटिङ गरेका थिए । कार्यक्रममा नेकपा एमालेका जिल्ला सदस्य एवम् निर्वाचन परिचालन कमिटि संयोजक बुल बहादुर केसी जिल्ला सदस्य मञ्जु श्रीस निर्वाचन परिचालन कमिटि उप संयोजक ओम सुनार लगायतले बोल्नुभएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले नेकपा एमालेको नीति विचार कार्यक्रम जनताको बिचमा लाने गरी राष्टव्यापी एमालेको अभियान रहेको हुदाँ गलकोटमा पनि पार्टीको सो अभियान शसक्त रुपमा अगाडि बढाउनुपर्नेे धारणा राखेका थिए । बैठकमा मेयर उपमेयर को उम्मेद्वार वडा अध्यक्ष, सदस्यको बारेमा छलफल गरिएको नेकपा एमाले गलकोट नगरपालिकाले जनाएको छ । बैठकले प्रत्येक वडामा वडा भेला विस्तरित बैठक गर्ने आर्थिक उपसमिति बैठक गर्ने स्वययम सेवक परिचालन गर्ने प्रचार प्रचार उपसमितिको तत्काल बैठक गर्ने र बाम तालमेल गर्न प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।
बैठक गलकोट नगरपालिका नगर कमिटि संयोजक डम्मर बहादुर श्रीसको अध्यक्षता नगर उप समिति संयोजक गुञ्ज बहादुर थापाको स्वागता र नगर कमिटि सचिव पदम कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung