३ जेष्ठ २०८१, बिहीबार

 

एमालेलाई पहिलो पार्टीको रुपमा विजय गराउन पोख्रेलको निर्देशन

नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले संविद्यान संसोधन राष्ट्रिय हित विपरित भएको भन्दै सामाजिक सद्भाव बिगार्ने र राष्ट्रिय राजनीतिलाई खलबल्याउने उद्देश्यले ल्याउन लागिएकाले मान्य नहुने बताए । स्थानीय निर्वाचनमा नेकपा एमालेलाइ पहिलो पार्टीको रुपमा जिताउन कार्यकर्ताहरुलाई निर्देशन दिदै निर्वाचन तोकिएको समयमै सम्पन्न गर्नका लागि एमालेले देशव्यापी दवाव सिर्जना गर्ने बताए ।
बैठकलाई पोलिट्युरो सदस्य गणेश तिमल्सिना,वैकल्पिक केन्द्रिय सदस्य गोविन्द नेपाली,मना केसी,केन्द्रीय सदस्य ईन्द्र महतले सम्वोधन गरेका थिए ।
बैठकको नेकपा एमाले जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाको अध्यक्षता,स्वागत उपाध्यक्ष कृष्ण पाठक,सञ्चालन सचिव लालबहादुर थापाले गरेका थिए ।
आइतबार देखि स्थानीय तहको निर्वाचनलाई केन्द्रित भएर बैठक जारी रहेको एमालेका प्रचार विभाग प्रमुख धनबहादुर परियारले बताए ।

प्रतिक्रिया दिनुहोस्