३० बैशाख २०८१, आईतवार

 

राष्ट्रिय जनमोर्चाले चुनावी सभा गर्ने

राष्ट्रिय जनमोर्चा जिल्ला कार्य समितिको बैठकले जिल्लाका विभिन्न स्थानहरुमा चुनावी सभा गर्ने निर्णय गरेको छ । आगामी चैत्र २९ गते नारायणस्थान,३० गते कुश्मीसेरा,३१ गते बरेङ,बैशाख १ गते दुदिलाभाटी,२ गते गलकोट हटिया,३ गते खर्वाङ र बुर्तिवाङ,४ गते बोहरागाँउमा चुनावी सभा गर्ने निर्णय बैठकले गरेको जिल्ला अध्यक्ष अमर थापाले बताए ।
उक्त चुनावी सभालाई सांसद मिना पुन,राजेन्द्र ढुंगाना,नारायण शर्मा,अमर थापा,भिमलाल पौडेल लगायतका बक्ताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको छ । बैठकले वडा,गाउँ र नगरबाट उम्मेद्वारी चयन गरी जिल्लालाई सिफारीस गर्ने वडा स्तरको निर्वाचन समन्वय समिति गठन गर्ने र निर्वाचनमा चुनावी तालमेलको लागि बामपन्थी दलहरु सँग छलफल गर्ने निर्णय गरेको मोर्चाका सचिव धर्म कुँवरले बताए ।

प्रतिक्रिया दिनुहोस्