सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो आठौ स्थापना दिवश मनाइएको छ । स्थापना दिवशको उद्घाटन गरेका थिए । उद्घाटन अवसरमा बोल्दै सिवाईसी सहकारीले सेवा केन्द्र मार्फत गाउँ सहरका विपन्न शेयर सदस्यहरुलाई सहकारीमा पहुँच दिएको बताए । सहकारी मार्फत देशको विकासका लागि सवै मिलेर काम गर्नुपर्ने र त्यस्को लागि सहकारीलाई गाउँ—गाउँ सम्म पुर्याउनु पर्ने बताए ।
सो अवसरमा सल्लाहकार वरिष्ठ अधिबक्ता पद्मनाथा शर्मा,पूर्व सल्लाहकार हरिप्रसाद गौतम,नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष,जापान सेवा समाज विहँुका सह—संरक्षक लिलाधर कडेँल,नागरिक समाजका संयोजक काजीगाउँले श्रेष्ठ,स्वास्थ्य सहकारी संघका अध्यक्ष सिता शर्मा,कुश्मीसेरा सेवा केन्द्रका प्रमुख कृष्णप्रसाद रिजाल,तित्याङ सेवा केन्द्रका प्रमुख कुमारप्रसाद उपाध्याय,हटिया सेवा केन्द्रका प्रमुख लक्ष्मी खड्का लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
उक्त अवसरमा उत्कृष्ठ कारोवार गर्ने शेयर सदस्य,विद्यार्थीहरु,कर्मचारी र सेवा केन्द्रलाई पुरस्कृत गरिनुका साथै जेष्ठ नागरिकहरुलाई पेन्सन वितरण गरिएको थियो ।
सिवाईसी सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्माको अध्यक्षता,प्रवन्धक नवराज शर्माको स्वागत र शिक्षा उपसमिति सदस्य विरबहादुर किसानको सञ्चालनमा सम्पन्न भएको थियो ।













































































































































































































