३ श्रावण २०८३, आईतवार

 

थ्रीजी सेवा सवै गाउँहरुमा पुग्ने

नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले बागलुङ जिल्लाका सवै गाविसहरुमा थ्रीजी सेवा सञ्चालनमा ल्याउन लागिरहेको बताए । गलकोट नगरपालिका वडा नं ७ मल्ममा आयोजित स्वागत कार्यक्रममा बोल्दै शर्माले टुजीको स्तरोन्नतीको सँगै थ्रीजी सेवाको विस्तार भइरहेको बताएका छन ।

एक बर्ष भित्र धवलागिरी अञ्चलभरमा फोरजी सेवा समेत सञ्चालनमा ल्याउने योजना रहेको शर्माले बताए । नेपाल टेलिकम बागलुङले गलकोट क्षेत्रको नेटवर्कलाई गुणस्तरीय बनाउन थाना,हटिया,हरिचौर र रिघामा टुजी सेवाको स्तरोन्नती र मल्म,काँडेबास,पाण्डवखानी र अर्गलमा थ्रीजी सेवा सञ्चालन भइरहेको बताए ।

सो अवसरमा विभिन्न राजनीतिक दल,समाजसेवी,बुद्धिजीवि तथा भूपू सैनिकहरुको उपस्थिति रहेको थियो । सुवेदार टिकाबहादुर थापाले टिका र खाँदा लगाएर नेपाल टेलिकमका प्रमुख केशव शर्मालाई सम्मान गरेका थियो । कार्यक्रमको सञ्चालन पत्रकार थम्मन थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung