नेकपा माओवादी केन्द्रको सहायक संगठन वाईसिएल नेपाल गलकोट नगरपालिका वडा नं १० को भेला आज पाण्डवखानीमा सम्पन्न भएको छ । भेलाको उदघाटन पछि बोल्दै प्रमुख अतिथि नेकपा माओवादी केन्द्र केन्द्रिय महाधिवेशन सदस्य तथा गलकोट नगरपालिकाका अध्यक्ष तिलक उप्रेतीले हिजो माओवादीको एजेन्डा सिहंदरबारको अधिकार गाउॅपालिका र नगरपालिकामा आईसकेको अवस्थामा आसन्न स्थानिय निर्वाचनमा माओवादीलाई मत दिएर पहिलो पार्टी बनाउन आग्रह गर्नुभएको छ ।
भेलाले रिम बहादुर काउचाको अध्यक्षतामा १७ सदस्यीय नयॉ कार्य समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा डानस काउचा, ज्ञान बहादुर काउचा र कृष्ण पुन, सचिवमा याम बहादुर आले, सहसचिवमा यामु पुन र कोषाध्यक्षमा विकास काउचा रहनुभएको छ । भेलामा अखिल नेपाल महिला संघ क्रान्तिकारीका मिना दर्जी, वाईसियल नेपाल गलकोट नगरपालिकाका अध्यक्ष धुव्र चोखाल, नेकपा माओवादी केन्द्र केन्द्रिय महाधिवेशन आयोजक समिति सदस्य डिल बहादुर परियार, नेकपा माओवादी केन्द्र गलकोट नगरपालिकाका उपाध्यक्ष गंगा भुजेलले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
भेलामा नेकपा माओवादी केन्द्र पाण्डवखानीका सदस्य लोक बहादुर आलेले पार्टीको सर्कुलर वाचन गर्नुभएको थियो । कार्यक्रममा नव गठित कार्य समितिलाई नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य छुम बहादुर थापाले बधाई मन्तव्य राख्नु भएको थियो । भेला नेकपा माओवादी केन्द्रका रिम बहादुर काउचाको अध्यक्षता, कुल बहादुर काउचाको स्वागत र नेकपा माओवादी केन्द्र पाण्डवखानीका अध्यक्ष छम बहादुर काउचाको सञ्चालनमा सम्पन्न भएको छ ।













































































































































































































