५ श्रावण २०८३, मंगलवार

 

हरिलक्ष्मी नारायणप्रसाद स्मृति पत्रकारीता पुरस्कार बराल र निशानीलाई

बागलुङ – नेपाल पत्रकार महासंघ बागलुङ शाखाले समाजसेवी तिर्थप्रसाद श्रेष्ठ र उनको परिवारले बाबा नारायण प्रसाद श्रेष्ठ र आमा हरिलक्ष्मी श्रेष्ठको स्मृतिमा स्थापना गरेको पत्रकारीता पुरस्कार कान्तिपुर राष्ट्रिय दैनिकका पत्रकार प्रकाश बराल र स्तम्भकार दिल निशानी मगरलाई प्रदान गरेको छ । पुरस्कार प्रदान गदै बागलुङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले पुरस्कार आम संचार क्षेत्रमा जागरण ल्याउने पत्रकारहरुको मनोबल उच्च बनाउने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य एवं पश्चिमाञ्चल संयोजक हरिनारायण गौतम, सल्लाहकार मुकेश राजभण्डारी, पुरस्कार छनौट समितिका संयोजक डाक्टर दिन बहादुर थापा, स्मृतिकोषका सदस्य श्यामप्रसाद श्रेष्ठ, पुरस्कृत पत्रकार प्रकाश बराल, दिल निशानी मगर लगायतले बोलेका थिए । कार्यक्रम नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषको अध्यक्षता, उपाध्यक्ष उषा पौडेलको स्वागत र सचिव राम थापा अविरलको संचालनमा सपन्न भएको थियो । Dil Nishani

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung