बागलुङको ऐतिहासिक कालिका भगवती मन्दिरको मुल ढोकामा निमार्ण गरिएको चाँदीको ढोका हस्तान्तरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको दमेक गाविस स्थायी घर भई हाल किर्तिपुरमा व्यापार व्यवसाय संचालन गर्दै आएका माधव सापकोटाले चाँदीको ढोका निमार्ण पछि एक कार्यक्रमका बिच मन्दिरलाई हस्तान्तरण गरेका छन ।
हस्तान्तरण तथा सम्मान कार्यक्रममा बोल्दै सांसद चम्पादेवि खडकाले धार्मिक एवं पर्यटकिय क्षेत्रको विकासमा बिभिन्न निकायबाट सहयोग र सदभाव व्यक्त गर्नु उच्च प्रसंशसनि कार्य भएको बताईन ।
करिव १६ लाख रुपैयाको लगानीमा चादीको ढोका निमार्ण गरिएको छ । साढे १५ किलो चाँदीबाट ढोका निमार्ण गरिएको छ । पाटनका कलाकार तथा कालिगढहरुबाट उक्त चादीको फ्रेम तयार गरी मुल ढोकामा जडान गरिएको कालिका भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजु खडकाले बताए ।
कालिका भगवती साक्षात देवी भएरको मन्दिरको विकासमा पु–याउने उद्धेश्यले चाँदीको ढोका सहयोग गरेको सापकोटाले बताए । मन्दिर ब्यवस्थापन समितिको नीति र सुझाव अनुसार मन्दिरको विकासमा हालेमालो गरेको र आगामी दिनमा थप सहयोग गर्दै जाने उनको भनाई रहेको छ ।
अहिले कालिका भगवती मन्दिरमा दाताहरुबाट बिभिन्न संरचना निर्माणमा सहयोग हुने क्रम बढेको छ । मन्दिरको धार्मिक तथा पर्यटकीय आकर्षणका लागी अहिले सरकारी तथा गैर सरकारी निकाय र भक्तजनहरुबाट सहयोग हुने क्रम बढ्दै गएको अध्यक्ष खडकाले बताए ।
कार्यक्रममा बागलुङ नगरपालिका कार्यालयका निमित्त कार्यकारी प्रमुख युक्तप्रसाद सुबेदी, १०८ श्रीमद भास्कर उद्धब शर्मा, सहयोगदाता माधवनाथ सापकोटाले बताए । सो अवसरमा चादीको ढोका निमार्णमा सहयोग गर्ने माधवनाथ सापकोटालाई सम्मान गरिएको थियो । कालिका गुठि व्यवस्थापन समितिका अध्यक्ष राजु खडकको अध्यक्षता र प्रेस सल्लाहकार एवं सदस्य राजेशचन्द्र राजभण्डारीको संचालमा कार्यक्रम सम्पन्न भएको थियो ।























































































































































































