बागलुङ -नेकपा माओबादी केन्द्र बागलुङ नगरपालिकाको विस्तारीत बैठक तथा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । भेलालाई सम्बोधन गदै माओबादी केन्द्रका प्रचार विभाग प्रमुख कृष्ण के.सी.ले माओबादीलाई नयाँ ढंगले संगठित गदै जनताको सेवा गर्ने पार्टिको रुपमा विकास गर्नुपर्ने बताए । साथै आगामी बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनमा आम कार्यकर्तालाई तयार रहन आग्रह गरे । कार्यक्रममा महाधिवेशन आयोजक समितिका सदस्य यज्ञबल्लभ शर्मा लगायतका कार्यकर्ताले स्थानीय तहमा माओबादी केन्द्रलाई पहिलो पार्टिको रुपमा स्थापित गर्नुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रम नेकपा माओबादी केन्द्र नगर सम्मेलन आयोजक समितिका सेक्रेटरी कुमार विक्रम क्षेत्रीको अध्यक्षता, राम बहादुर वि.क.को स्वागत र नगर ईन्चार्ज निर्मल बहादुर श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो । 













































































































































































































