
राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तह निर्वाचनका लागि उमेदवार छनौटको काम शुरु गरेको छ । जिल्ला अध्यक्ष सुरेन्द्र खड्काको अध्यक्षता र केन्द्रीय सदस्य तथा धौलागिरी अञ्चल इन्चार्ज भीमप्रसाद गौचनको आतिथ्यतामा भएको बैठकले उमेदवार छनौट थालेको हो । बैठकले बागलुङ नगरको प्रमुखमा सुरेन्द्र खड्का सहित माया खड्का, रमेशराज भण्डारी र रणबहादुर बोहोरालाइ छनौट गरेको हो ।
त्यस्तै उपप्रमुखमा कृष्णकुमारी शेरचन, प्रविणशंकर श्रेष्ठ, संजय खड्का र ताराकुमारी रिजालको नाम छनौट भएको हो । त्यस्तै वडा नं. १ मा शिवराज शर्मा, २ मा मेघराज पाण्डे, ३ मा इश्वर राजभण्डारी र टिकाबहादुर खड्का, ४ मा भूपिन विष्ट र जयलाल सापकोटा, ६ मा सुरज सुवेदी, ७ मा केशव कार्की र बमबहादुर कार्की तथा मानबहादुर कार्की, ९ बाट शम्बरबहादुर कार्की, १० बाट रोमन्तबहादुर मल्ल, १२ बाट नारायणप्रसाद शर्मा, १३ बाट गोमादेवी शर्मा र १४ बाट नरबहादुर खत्रीको नाम सिफारि भएको हो ।
यसैविच ढोरपाटन नगरपालिकाको प्रमुखमा निमबहादुर भण्डारी र उपप्रमुखमा नरमती बुढा सिफारिस भएका छन् । वडा नं. १ मा रेशमबहादुर बुढा र लिलबहादुर पुन तथा गंगाबहादुर घर्ती, ७ बाट प्रतिमान कार्की, ८ बाट चम्मर भण्डारी रहेका छन् । बडिगाढ गाउँपालिकामा प्रमुखमा दुर्गाबहादुर बुढा र बागदल श्रीष तथा उपप्रमुखमा रणमति विकको नाम सिफारिस भएको छ । वडा अध्यक्षमा वडा नं. ६ बाट बीरबहादुर खत्री, ७ बाट दुर्गाराज पाईजा, ८ बाट राजेन्द्र श्रीष, ९ बाट मुगबहादुर केसी र १० बाट पञ्चमुखी बुढा चयन भएका छन् । उता निसीखोला गाउँपालिकामा प्रमुखमा चक्रबहादुर मल्ल र मानबहादुर श्रीष, तथा उपप्रमुखमा लक्ष्मी कुँवर र मन सिंहलाई सिफारिस गरिएको छ ।
वडा तर्फ १ मा कृष्णबहादुर मल्ल, २ मा बुद्धिमान कुँवर, ३ मा मेघध्वज मल्ल, ४ मा चेतनारायण शर्मा, ५ मा मनसुर घर्ती, ६ मा थानबहादुर बुढा, ७ मा बलराम गुरुङको नाम सिफारिस भएको छ । गलकोट नगरपालिकाको वडा नं. ११ मा भीमप्रसाद घर्तीलाई पहिलो चरणमा सिफारिस गरिएको छ ।