नेपाल विद्यार्थी संघ जिल्ला कार्य समितिले बागलुङ नगरपालिकामा निर्वाचन परिचालन तथा प्रशिक्षण विशेष कार्यक्रम सम्पन्न गरेको छ । नेविसंघको ४८ औँ स्थापना दिवश पारेर गरिएको कार्यक्रममा आगामी निर्वाचनमा नेपाल विद्यार्थी संघमा आवद्द विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको थियो ।
उक्त कार्यक्रममा धवलागिरी बहुमुखी क्याम्पसका उपप्रध्यापकद्वय डम्वर वि.क, धु्रवराज गौतम, महिला संघकी अध्यक्ष शकुन्तला शर्मा,नेपाल शिक्षक संघका उपाध्यक्ष सीता शर्मा, डिएलए बागलुङका पूर्वअध्यक्ष निरञ्जन भण्डारीले प्रशिक्षण दिएका थिए । उक्त अवसरमा नेविसंघ बागलुङ नगरपालिका तथा त्यस आसपासका ७० भन्दा बढि विद्यार्थीहरु सहभागि थिए ।
सो अवसरमा नेपाली काग्रेसका पार्टी सभापति दिपेन्द्रबहादुर थापा, नेपाली काग्रेस जिल्ला सदस्य बसन्तकुमार श्रेष्ठ, नेविसंघका सहमहामन्त्री हरिहर शर्मा,त्रिचन्द्र बहुमुखी क्याम्पसका पूर्व इकाई अध्यक्ष विष्णु पौडेल,क्षेत्र १ का सभापति चिरञ्जिवी गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नेपाल विद्यार्थी संघका सदस्य कमल बोहराको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रमको स्वागत नेविसंघकी शुरक्षा खड्का र सञ्चालन नेविसंघ धवलागिरी बहुमुखी इकाई अध्यक्ष दिनेश पन्तले गरेका थिए ।













































































































































































































