रामरेखा आधारभुत बिद्यालयका बिद्यार्थीलाई जुत्ता,कापी र स्टेशनरी सामाग्री बागलुङ समाज कल्याण केन्द्र महिला समुह काठमाण्डौले एक कार्यक्रमका बिच बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई बितरण गरेको छ ।निम्न, विपन्न, एवं दलित बर्गका कक्षा १ देखि ८ सम्मका १ सय १८ जना विद्यार्थीहरुलाई सो उपहार वितरण गरिएको र्हो कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद मिश्रले बिभिन्न निकायबाट प्रदान गर्ने सामाग्रीले बालबालिकाको शिक्षामा थप टेवा पुग्ने बताए ।
उनले असाहय,विपन्न एवं दलित केही बालबालिकाहरु अझैपनि बिद्यालय पुग्न नसकेको हुदाँ बिभिन्न माध्यमबाट अध्ययन प्रति आर्कषण गराउन आ आफनो तर्फबाट भुमिका खेल्नुपर्ने बताए । कार्यक्रममा बिद्यालयका प्रअ धनकुमारी पराजुली,बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्रबहादुर केसी,रोटरी क्वल अफ बागलुङका अध्यक्ष नेत्रलाल न्यौपाने,नेपाल पत्रकार महासघंका सल्लाहकार मुकेशराज भण्डारी, बागलुङ समाज कल्याण केन्द्र महिला समुहका सचिव बिजय राजभण्डारी,केन्द्रका पुर्व सचिव किरणभामा श्रेष्ठ,सदस्य लगायतले बोलेको थिए ।
बागलुङ समाज कल्याण केन्द्र महिला समुह काठमाण्डौका अध्यक्ष शोभा शाक्यको अध्यक्षता,बिद्यालयका शिक्षक रेशम गोतामेको स्वागत र मणिभद्र न्यूरेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । ६० जना महिलाहरु आवद्ध बागलुङ समाज कल्याण केन्द्र महिला समुहले कोष स्थापना गरि प्रत्येक बर्ष बिभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । समाजमा केही गर्नुपर्छ भन्ने उदेश्यका साथ महिलाहरु संगठित भई काम गर्दै आएको अध्यक्ष शोभा शाक्यले बताए ।
५० हजार बराबरको जुत्ता,४ हजार मुजा र ५ हजार रुपैयाँ बरावरको स्टेशनरी प्रदान गरिएको संस्थाका सचिव विजया राजभण्डारीले बताए । नयाँ शैक्षिक सत्र
भएसगै बिद्यार्थीहरुलाई अध्ययन प्रति आकर्षण गराउन बिभिन्न क्षेत्रको सहयोगबाट पोसाक लगाएका सामाग्री प्रदान गर्दै आएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र केसीले बताए । 
माझीबस्ती संगै रहेको बिद्यालयमा अध्ययनको लागि बिपन्न,दलित माझी एवं मजदुरी गरि जिविकोपार्जन गर्दै आएका छोराछोरी अध्ययन गर्दै आएको बिद्यालयका प्रमुख धनकुमारी पराजुली बताईन ।













































































































































































































