४ कार्तिक २०८३, मंगलवार

 

माओबादी केन्द्रको ३० बुदे प्रतिबद्धता सार्वजनिक, जैमिनी नगरपालिकामा उम्मेद्वार छनोट

स्थानीय तह निर्वाचनका लागि नेकपा माओबादी केन्द्रले प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । नेकपा माओबादी बागलुङले नेकपाको ६८ औ स्थापना तथा १४७ औ लेलिन दिवसको अवसरमा ३० बुदे प्रतिवद्धता पत्र पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । ‘माओबादी केन्द्रको उपहार,गाउ,नगरमा सिहंदरबार’ भन्ने अभियानका साथ स्थानीय तहको निर्वाचनको लागि प्रतिबद्धता ल्याएको हो ।

नेकपा माओबादी केन्द्रको प्रतिबद्धता पत्रमा राजनीति जनसहभागिता मुलक समाबेशी लोकतन्त्रको जग नै स्थानीय तह,सार्वजनिक प्रशासनको आधारमा सुशासन कायम गरिने,समृद्ध नेपालको आधार समृद्ध गाउ नगर ,भुमि नीति,कृषि नै ग्रामीण विकासको मुल आधार र ग्रामीण पुर्वाधार विकासको कार्यक्रम सञ्ंचालन गरिने नेकपा माओबादी केन्द्रका जिल्ला संयोजक चन्द्रबहादुर बुढा सागरले बताए ।

त्यसैगरि भूकम्प र पुननिमार्ण,बन संरक्षण र हरियाली नेपाल,शहरी विकास,शहरीकरणको नमुना, औद्योगिक शहरको परिकल्पना ,निमार्णमुखी व्यापार अन्तराष्ट्रिय व्यापारको आधार कार्यक्रम लागु गरिने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । आर्थिक विकास,जनस्रोत परियोजना,पर्यटन व्यापार,सास्कृतिक सम्पदाहरुको संरक्षण,श्रम र रोजगार लगाएतका ३० वटा बुदाँहरु उल्लेख छन ।प्रतिवद्धता पत्र सार्वजनिक गर्ने राष्ट्रिय कार्यक्रम अनुसार बागलुङमा पनि सार्वजनिक गरिएको माओबादीले जनाएको छ । आगामी दिनमा बागलुङका नगरपालिका र गाउँपालिकामा छुट्टाछुट्टै रुपमा स्थानीय निकायको लागि प्रतिबद्धता सार्वजनिक गरिने प्रचार प्रसार संयोजक कृष्ण केसीले बताए । ‘नेकपा माओबादीको जिल्ला तहको प्रतिबद्धता पत्र तयार हुदै छ ,केसीले भनेँ,स्थानिय स्तरमा आवश्यकता अनुसारको ल्याइने छ ।’

स्थानीय तहको निर्वाचनको लागि बागलुङका ४ नगरपालिका र ६ गाउँपालिका सहित प्रत्येक वडाका उम्मेद्वारहरुको छनोट प्रक्रिया समेत भईरहेको सो अवसरमा जानकारी दिइएको थियो । यस्तै नेकपा माओबादीका केन्द्रिय नेता दिननाथ शर्माको उपस्थितिमा जैमुनि नगरपालिकाको लागि उम्मेवार छनोट गरिएको बताइएको छ । जैमुनी नगरपालिकाको प्रमुखमा शोभाप्रसाद शर्मा र उप्रमुखमा देवि शर्मालाई छनोट गरिएको माओबादी केन्द्रले जनाएको छ ।
जिल्ला सहसंयोजक फमलाल न्यूरेको अध्यक्षता र प्रचार प्रसार संयोजक कृष्णpic केसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung