३ श्रावण २०८३, आईतवार

 

अर्नाकोट आधारभुत विद्यालयको ४२ औँ बार्षिकोत्सव सम्पन्न, २५ लाखको अक्षयकोष स्थापना गर्ने लक्ष्य

बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर–२ खल्बाङमा रहेको अर्नाकोट आधारभुत विद्यालयले ४२ औँ बार्षिकोत्सव तथा १४ औँ अभिभावक दिबश बिभिन्न कार्यक्रम गरि मनाएको छ । विद्यालयमा सोमबार बिशेष समारोहको आयोजना गरि चन्दादाता तथा उत्कृष्ट अभिभावकलाई सम्मान गरेर विद्यालयले बार्षिकोत्सब मनाएको छ ।
कार्यक्रममा बोल्दै रेडियो बुर्तिबाङ तथा ईमेज बचत तथा ऋण सहकारीका अध्यक्ष एबं युवा व्यवासायी देबकुमार नेपालीले
विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभाबकको सामुहिक प्रयासले विद्यालयमा भौतिक तथा शैक्षिक सुधार सम्भब भएको बताए । arnakot school
उनले विद्यालयको घेराबार निर्माणको लागि ३ लाख नगद सहयोग गर्ने र एक बर्षका लागि १ जना शिक्षकको तलब बराबरको थप रकम पनि उपलब्ध गराउने घोषणा गरे । उनले सांस्कृतिक प्रस्तुति दिने आमा समुह, बाजा समुह, मारुनी नाच प्रस्तुत गर्ने समुहलगायत लाई ३ हजार नगद प्रदान गरेका थिए । कार्यक्रममा रेडियो बुर्तिबाङका संरक्षक छेला नेपालीको बिशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा अर्का चन्दादाता ददिराम शर्माले प्रत्यक बर्ष विद्यालय प्रथमलाई पुरस्कृत गर्ने गरि आफ्नो बुवाको स्मृतिमा विद्यालयलाई २५ हजारको अक्षयकोष स्थापना गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा जनजातृति आधारभुत विद्यालयका प्रधानाध्यापक शिबलाल सुवेदी, अर्नाकोट आधारभुत विद्यालयका प्रधाानाध्यापक झमबहादुर कुँवर, विद्यार्थी जमुना पाण्डे लगायतले मन्तव्य राखेका थिए ।

सो अबसरमा आत्मनिर्भर आमा समुह अर्नाकोट, डिसिआरडिसी जनचेतना आमा समुह खल्बाङ, अर्नाकोट देउराली आमा समुह र कक्षा ८ पास भएर विदाई भएका विद्यार्थीको समुहले शिक्षासँग सम्बन्धित गित र नृत्य प्रस्तुत गरेका थिए । अर्नाकोट देरालीका कलाकारको समुहले मारुनी गित र नृत्य प्रस्तुत गरेका थिए । सो अबरमा नौमती बाजागाजा सहित नचगान समेत गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापक धनबहादुर महतले विद्यालयको बार्षिक प्रगति प्रतिबेदन तथा भावी योजना प्रस्तुत गरेका थिए । विद्यालयले मावि तह सञ्चालनको तयारी गर्ने, विद्यालयको भौतिक तथा शैक्षिक सुधारको लागि २५ लाखको अक्षयकोष स्थापना गर्ने लक्ष्य राखेको छ ।
कार्यक्रममा झण्डै ३ सय चन्दादातालाई सम्मान गरिएको थियो ।aarnakot

चन्दादाताबाट विद्यालयको सुधारको लागि सोमबार मात्रै ३ लाख सहयोग गर्ने प्रतिबद्धता आएको विद्यालयले जनाएको छ । बार्षिकोत्सवको अबसरमा आयोजना गरिएका प्रतियोगितात्मक कार्यक्रममा बिजेतालाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमलाल पाण्डेको अध्यक्षता, प्रधानाध्यापक धनबहादुर महत र शिक्षक हरिप्रसाद पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung