
राष्ट्रिय फोटो पत्रकार समुहको २० औँ स्थापना दिवश बागलुङमा पनि मनाईएको छ । जिल्लामा क्रियाशील पत्रकारहरुको सहभागितामा बुधबार स्थापना दिवशको अवसरमा दिप प्रज्वलन गरी मनाईएको हो ।
कार्यक्रममा समुहका प्रमुख अतिथि दिल शिरीषले फोटो पत्रकारीता संवेदनशील पेशा भएको र थोरैमा धेरै विषय उजागर गर्ने क्षेत्र भएको हुनाले फोटो पत्रकारीता पेशालाई व्यवस्थित र मर्यादित गर्न सवै लाग्नुपर्ने बताए ।
फोटो पत्रकारहरुको क्षमता अभिबृद्धिको लागि महासंघ र फोटो पत्रकार समुह मिलेर काम गर्नुपर्ने बताए । त्यस्तै नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष मुकेश राजभण्डारीले जिल्लामा फोटो पत्रकारहरु संगठित भएर लाग्नुपर्ने बताए ।
कार्यक्रम राष्ट्रिय फोटो पत्रकार समुह बागलुङ शाखाका कार्यबाहक अध्यक्ष मञ्जुल शाक्यको अध्यक्षता,समुहका सदस्य प्रकाश बराल को स्वागत र सदस्य तारा प्रसाद शर्माको सन्चालनमा सम्पन्न भएको थियो ।