
भष्ट्राचार न्युनीकरण तथा सदाचारयुक्त समाजका निर्माणका लागि गैर सरकारी संस्थाको भूमिका कस्तो हुन सक्लाँ भन्ने विषयमा बुधबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जवाफदेहिताका लागि असल छिमेकीको आयोजना तथा टा«न्सपरेन्सी ईन्टरनेशनल नेपालको सहकार्यमा भएको कार्यक्रममा सहभागिहरुले भष्टा«चार न्युनीकरणमा गैर सरकारी संस्थाले खेल्नुपर्ने भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा आफ्ना तर्क राखेका थिए ।
सो अवसरमा जवाफदेहिताका लागि असल छिमेकी नेपालका अध्यक्ष तथा अधिबक्ता राम शर्माले एक कार्यपत्र प्रस्तुत गरेका थिए । अन्तरक्रिया कार्यक्रममा नागरिक समाजका अध्यक्ष काजी गाउँले श्रेष्ठ,बिवाईसीका सचिव मणिभद्र शर्मा,अपां
गता सञ्जालका टिकाराम सापकोटा लगायतले बोलेका थिए ।
कार्यक्रम जवाफदेहिताका लागि असल छिमेकीका अध्यक्ष राम शर्माको अध्यक्षता र कार्यक्रम अधिकृत सावित्री खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।