१ जेष्ठ २०८२, बिहीबार

 

म्याग्दीका चार स्थानीय तहमा काँग्रेस–माओवादी तालमेल

नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले आसन्न स्थानीय तह निर्वाचनमा म्याग्दीका चार वटा स्थानीय तहमा चुनावी तालमेल गर्ने भएका छन् । काँग्रेस र माओवादी केन्द्रले दुईदुई वटा स्थानीय तहमा प्रमुख र उपप्रमुख पदमा तालमेल गरेर उमेद्वारी दिने लगायतका विषयमा सात बुदे सहमती गरेका हुन् । काँग्रेसले बेनी नगरपालीका र अन्नपूर्ण गाउँपालीकाको प्रमुख तथा अध्यक्ष तथा माओवादी केन्द्रले मंगला र धौलागिरी गाउँपालिकाको अध्यक्ष पद लिने सहमती गरेका दुई दलले प्रमुख पद पाएको ठाउँमा उपप्रमुख पद एक अर्कालाई छोड्ने सम्झौता गरेका छन् ।

दुई दलद्धारा गठित वार्ता टोलीले गरेको सहमतीको बारेमा जानकारी गराउन मंगलबार साँझ आयोजित पत्रकार भेटघाट नेपाली काँग्रेसका पुर्व सभापति तथा सांसद रेशमबहादुर बाँनियाले राप्रपालाई समेत सहमतीमा ल्याउन पहल भैरहेको बताए । उनका अनुसार तालमेलको क्रममा प्रमुख पदमा महिलाको उमेद्वारी दर्ता भए दोस्रोमा पुरुष र पुरुष प्रमुख पदमा उमेद्वार भए दोस्रो पदमा महिला उमेद्वार बनाउने सहमती भएको छ ।

दुवै दलले उमेदवार चयन गरीसकेको मालीका गाउँपालीकामा तालमेलको विषयमा उमेद्वारका आकाक्षीहरुसंग संयुक्त छलफल गर्ने र तालमेल नभए स्वच्छ प्रतिस्पर्धा गर्ने सहमती गरेका छन् । ४५ वटा वडामा तालमेल गर्ने अधिकार स्थानीय तह र वडा कमिटिलाई दिएको नेकपा माओवादी केन्द्रका संयोजक गोविन्द पौडेलले बताए ।

स्थानीय तहको प्रभावकारी कार्यान्वयनका लागि सामाजिक र राजनितिक एकताको वातावरण बनाउन चुनावी तालमेल गरेको काँग्रेस र माओवादी केन्द्रका नेताहरुले बताएका छन् । सहमतीको पूर्ण कार्यान्वयनमा प्रतिवद्धता जनाएका काँग्रेस माओवादीका नेताहरुले सहमती विपरीत कार्य गर्ने नेता कार्यकर्तालाई कारबाही गर्ने चेतावनी समेत दिएका छन् । तालमेल भएको ठाउँमा कार्यबिधी बनाएर संयुक्त रुपमा चुनाव प्रचार प्रसार अघि बढाउने सहमती भएको छ ।

काँग्रेसले बेनी नगरपालीकाको मेयरको उमेद्वारमा हरिकुमार श्रेष्ठ र अन्नपूर्णको अध्यक्षमा डमबहादुर पुनलाई उमेद्वार चयन गरेको छ । मंगला गाउँपालीकामा चन्द्रप्रसाद बुढाथोकी, धौलागिरीको प्रमुखमा खुमनाथ सुवेदी र रिमप्रकाश थापालाई उमेद्वार बनाउन सिफारीस गरेको माओवादी केन्द्रले बेनी नगरपालीकाको उपमेयरमा ज्योती लामीछाने र अन्नपूर्णमा लालमाया पुनलाई उपाध्यक्षको उमेद्वार चयन गरेको छ ।

काँग्रेसले मंगला र धौलागिरी गाउँपालीकाको उपाध्यक्षका उमेद्वार चयन गर्न बाँकी छ । वार्ताका लागि काँग्रेसले जिल्ला सभापति खम्बिर गर्बुजाको नेतृत्वमा सांसद बानिया, महासमिति सदस्य नेत्र महत, कोषाध्यक्ष टंक हमाल र सदस्य माधवप्रसाद रेग्मी सदस्य रहेको कार्यदल गठन गरेको थियो । माओवादी केन्द्रले संयोजक पौडेलको नेतृत्वमा चन्द्रबहादुर घिमीरे, देवराज सुवेदी, शेरबहादुर केसी र कुलबिर राम्जाली सदस्य रहेको वार्ता टोली गठन गरेको थियो ।

केन्द्र विवाद रहेको रघुगंगाको विषयमा कुनै पनि दलले उमेद्वार चयन प्रक्रिया अघि बढाउन सकेका छैनन् । वि.स २०७० को संबिधानसभाको दोस्रो निर्वाचनमा नेकपा एमाले बिजयी भएको म्याग्दीका चार वटा स्थानीय तहमा दोस्रो र तेस्रो शक्तिबीचको तालमेलले चुनावी प्रतिस्पर्धा रोचक हुने बिश्लेषण गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung