८ जेष्ठ २०८१, मंगलवार

 

अञ्चल अस्पतालको अवस्थामा सुधार हुँदै

पछिल्लो समय धवालगिरी अञ्चल अस्पतालको सेवा सुविद्यामा विस्तार हुन थालेको छ । अस्पतालले गरेका कार्यहरुकोे बुधबार पत्रकारहरुसँग गरिएको अन्तरक्रिया विगतदेखि अहिलेसम्म अस्पतालमा भएका स्वास्थ्य सेवा विस्तार,भवन निर्माण,डाक्टरहरुको आगमन,ट्रमा सेन्टर लगायतका विषयमा समिक्षा गरिएको थियो । अस्पतालमा केही दिनदेखी औषधि वितरण कक्ष सुरु गरी अस्पतालबाटै ५ सय ६२ प्रकारका औषधि उपलब्ध हुने भएका छन । धवलागिरी अञ्चल अस्पताललाई धवलागिरीकै नमुना अस्पतालको रुपमा विकास गर्ने उद्देश्यका साथ कार्य अगाडी बढाइएको धवलागिरी अञ्चल अस्पताल विकास समितिका अध्यक्ष मञ्जेशबम मल्लले जानकारी दिए । ‘मैले अस्पतालको विकासको लागि पटक पटक स्वास्थ्यमन्त्रीलाई माग गरेको छु, उनले भनेँ, अस्पताललाई सुविद्या सम्पन्न बनाउन उहाँले बचन दिनुभएको छ ।’ धवलागिरी अञ्चल अस्पतालमा अध्यक्ष भएर आएपछि पहिलो उद्देश्य डाक्टरहरु थप गरी सेवा प्रभावकारी बनाउने रहेको उनले बताए ।

हाल अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट १,फिजिसियन १, करारमा रेडियोलोजिस्ट,गाईनोक्लोजिस, अर्थोपेडिक,३ जना विशेषज्ञ चिकित्सक सर्जन, ऐनेक्थेसियोजियोलिष्ट चिकित्सकहरु रहेका छन । हाल अस्पतालमा ५२ किलोवार्टको सोलार प्यानल जडान गरि विद्युतको आपुर्ति सहज भएको, निशुल्क सुरक्षित गर्भपतन गर्ने सुविधा , विशेषज्ञ चिकित्सक उपलब्ध भएको , ल्याव सेवा विस्तार गरिएको धवलागिरी अञ्चल अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन डा. सागरकुमार राजभण्डारीले बताए ।
आकस्मिक सेवालाई थप गरि कोईकाको सहयोगमा ३० लाख बराबरको उपकरण जडान गरिएको छ । डाईलाईसिस सेवा सुरु गर्न ५० लाख निकास गरि सामग्री खरिद सुरु गरिएको छ । हरि खड्का स्मृति ट्रमा सेन्टरको लागि चाहिने सामग्री टेन्डर मार्फत खरिद गर्ने प्रक्रिया अगाडि बढेको अध्यक्ष मल्लले बताए । सेवा विस्तारका साथै स्वास्थ्य विमा गरेका विमितहरुको कारणले अस्पतालमा सेवाग्राहीको संख्या बढेको सुचना अधिकृत तीर्थराज गौतमले बताए ।
सो अवसरमा पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष बोलेका थिए । सो अवसरमा धवलागिरी अञ्चल अस्ताल विकास समितिले नेपाल सरकारबाट मनोनित सदस्यमा परेका भूमिश्वर गौतमलाई स्वागत गरेको थियो ।
कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सागर कुमार राजभण्डारीको अध्यक्षता, जनस्वास्थ निरीक्षक रामप्रसाद खनालले स्वागत र सुचना अधिकारी तिर्थराज गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्