३ श्रावण २०८३, आईतवार

 

जापान समाज बिहुँकोट द्वारा क्यान्सर पिडित र अग्निपिडितलाई आर्थिक सहयोग

जापान समाज बिहुँकोटले काठेखोला गाऊँपालिका वडा नम्बर ५ का क्यान्सर पीडित शैवीर बि.क. र वडा नम्बर ६ निवासि अग्निपिडित प्रेम प्रसाद कडेंल लाई आर्थिक सहयोग गरेका छन् । जापान समाज बिहुँकोट र बिहुँकोट समाज जापानका का पदाधिकारिहरु पीडितको घरमै पुगेर नगद रु १०/१० हजार सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
यस्तै बिहुँकोट समाज जापानका उपाध्यक्ष ईन्द्र प्रसाद सुवेदिले नगद रु १० हजार र सदस्य बिष्णु प्रसाद कडेंलले २ हजार नगद सहयोग गरेका छन् |
सहयोग रकम हस्तान्तरण कार्यक्रममा जापान समाज बिहुँकोटका अध्यक्ष गौरिशंकर शर्मा सुवेदि, सचिव भिष्म कडेंल, बिहुँकोट समाज जापानका उपाध्यक्ष ईन्द्र सुवेदि, जापान समाज बिहुँकोटका कोषाध्यक्ष नारायण प्रसाद कडेंल (राजु),बिहुँकोट समाज जापानका सदस्य बिष्णु प्रसाद कडेंल, जापान समाज बिहुँकोटका सदस्य चिरञ्जिबि कडेंल, मणिभद्र शर्मा सुवेदि लगायतले बोलेका थिए |
रकम हस्तान्तरण गर्दै उनिहरुले जापान समाज बिहुँकोट को कार्य क्षेत्रभित्र भैपरि आउने बिबिध समस्याहरुबाट पिडित तथा पिडितको परिवारलाई सहयोग गर्ने उद्देश्य अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरिएको र आगामि दिनहरुमा पनि सहयोग गरिने बताए |

आर्थिक अवस्था नाजुक भएका पीडित बि.क.को ३ बर्ष पहिले देखि देब्रे खुट्टाको घुँडाबाट सुरु भएको क्यान्सर अहिले शरिर भरिनै फैलिएको बताईएको छ | त्यस्तै अर्का पिडित कडेंल को गत चैत ७ गते घरमा आगलागि भई पुर्णरुपमा क्षति भएर करिब १० लाख बराबरको नोक्सान भएको थियो |

Japan

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung