६ जेष्ठ २०८१, आईतवार

 

नेपाल शिक्षक संघ बागलुङ नगर समितिको प्रथम अधिवेशन

नेपाल शिक्षक संघ बागलुङ नगर कार्यसमितिको प्रथम स्थानीय अधिवेशन सम्पन्न भएको छ । बागलुङ नगरपालिकामा सोमबार भएको अभिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष उमाकान्त शर्मा पौडेलले नेपाल शिक्षक संघ शिक्षकहरुको हकहितको निर्णायक संगठन भएको बताए । त्यस्तै उनले शिक्षकहरुको हकहितमा सदैव नेपाल शिक्षक संघले आवाज उठाउँदै जाने बताए ।
कार्यक्रमा नेपाल शिक्षक संघका केन्द्रीय सदस्य नारायण पौडेल ,पुर्व अध्यक्ष जगन्नाथ आचार्य , निवर्तमान अध्यक्ष सागर खरेल, नेपाल महिला संघ बागलुङकी अध्यक्ष शकुन्तला शर्मा, शिक्षक संघका पूर्व सचिव भवानी कडेल, महिला उपाध्यक्ष सीता शर्मा, अर्थ सचिव लक्ष्मीकान्त शर्मा, विरबहादुर किसान, धौलागिरी विरेन्द्र माविको प्रअ विमला गुरुङ लगायतले अधिवेशनको शुभकाना मनव्य दिनुभएको थियो ।

कार्यक्रमा नेपाल शिक्षक संघ नगर समितिका संयोजक माधव उपाध्ययको अध्यक्षता, पूर्व नगर समितीको संयोजक कालिका कुमारी कडेलको स्वागत र नगर समितिका सचिव कुमार पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्