६ जेष्ठ २०८१, आईतवार

 

बानपामा एमालेबाट जनक पौडेल मेयर तथा उपमेयरमा राप्रपाबाट सुरेन्द्र खड्काको उम्मेद्वारी

एमालेले बागलुङ नगरपालिकामा जनक पौडेललाई मेयरमा उमेदवार बनाएको छ । राष्ट्रिय जनमोर्चा र राप्रपा सँग तालमेल गरेकोले उपमेयरमा राप्रपाका अध्यक्ष सुरेन्द्र खड्काको नाम दर्ता गराएको हो । बागलुङ नगरपालिकामा एमाले ,राप्रपा र राजमोबीच चुनावी तालमेल भएको छ ।

surendraजसमध्ये बानपा १ नम्वर वडामा दुर्गा बोहरा २ मा जीवन आचार्य ३ मा राजमोबाट लक्ष्मी बास्कोटा ४ मा धु्रब केसी ५ मा शिव सापकोटा ६ मा खिमराज सापकोटा ७ मा खगराज पाण्डे ८ मा राज जिसी ९ मा गणेश थापा १० मा प्रेम थापा ११ मा दलबहादुर थापा १२ मा गुरुदत्त पाठक १३ मा राजमोका प्रेम रोका १४ मा राजमोका ढुण्डिराज शर्माले उम्मेद्वारी दर्ता गराएका छन ।

प्रतिक्रिया दिनुहोस्