२९ बैशाख २०८२, सोमबार

 

गलकोट नगरपालिकामा काँग्रेसबाट भरत शर्मा गैरे,माओबादीबाट फमलाल न्युरे, राजमोबाट टंक केसीको प्रमुखमा उम्मेद्वारी

गलकोट नगरपालिकामा क्रियाशिल प्रमुख राजनीतिक दलहरुले स्थानीय तह निर्वाचनको लागि मनोनयन दर्ता गरेका छन ।नेपाली काँग्रेसबाट मेयरमा भरत शर्मा गैरे र उपमेयरमा रेनुका काउचाले मनोनयन दर्ता गरेका छन । नेकपा एमाले र राष्ट्रिय जनमोर्चाले चुनाबी तालमेल गरेका छन । मेयरमा जनमोर्चाका टंक केसी र उपमेयरमा एमालेका रत्ना भण्डारीले मनोनयन दर्ता गराएका हुन ।
त्यसैगरी नेकपा माओवादी केन्द्रले मेयरमा फमलाल निउरे र उपमेयरमा ललिता थापाले मनोनयन दर्ता गरेका छन । त्यसैगरी नयाँ शक्ति नेपालका बम तमुले मेयरमा मनोनयन दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालय गलकोटले जनाएको छ । राजनीतिक दलहरुले र्याली सहित उम्मेद्बारी दर्ता गराएका थिए ।
त्यस्तैगरी नेपाली काँग्रेसबाट वडा अध्यक्ष १ मा हिरा काउँचा,२ मा हेमन्त भण्डारी ३ मा बिरजंग भण्डारी ४ मा बलबहादुर खत्री ५ मा नारायणध्वज मल्ल,६ मा योगेश भण्डारी, ७ मा हरिदत्त गौतम,८ मा रामप्रसाद कडेँल, ९ मा तेजबहादुर थापा, १० मा तिलक घर्ती, ११ मा शंकरप्रसाद पुनले उम्मेद्वारी दर्ता गराएकाm1 छन ।

माओबादी केन्द्रबाट गलकोट नगरपालिका वडा नम्वर १ मा गुमानसिंह बुढाथोकी अध्यक्ष,२ मा चन्द्रदत्त रेग्मी,३ मा चित्र साहनी, ४ मा चुडामणी शर्मा, ५ मा छमबहादुर खत्री, ६ मा नरबहादुर खत्री, ७ मा सुवेदार टिकाबहादुर थापा, ८ मा पदम सलामी, ९ मा छमबहादुर राना, १० मा छमबहादुर घर्ती र ११ मा नरबहादुर घर्तीले मनोनयन दर्ता गरेका छन ।
एमाले र राजमोबीच तालमेल भएपछि वडा अध्यक्ष १ मा राजमोका नेत्र बुढाथोकी २ मा एमालेका बुलबहादुर केसी ३ मा राजमोबाट पदम श्रेष्ठ ४ मा एमालेबाट धनबहादुर खड्का ५ मा राजमोबाट अमर खत्री ६ मा एमालेबाट ओमबहादुर सुनार,७ मा एमालेबाट होमबहादुर बस्नेत ८ मा राजमोबाट भिम शेरचन ९मा राजमोबाट बेदीलाल सापकोटा १०मा छमबहादुर काउँचा ११ मा एमालेबाट डम्वर श्रीषले वडा अध्यक्षमा उम्मेद्वारी दर्ता गराएका छन ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung